१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format २२:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आप्रवासी चढेको डुंगा पल्टिँदा आठको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:५४:oo

मोरक्कोको तटमा आप्रवासी डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ। मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा ८ जना आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीहरूले बुधबार बताएका छन्।

पीडितहरू जानकारी प्राप्त नभएको आप्रवासीहरूको समूहमा थिए जो मंगलबार साँझ बेनी चिकर शहरबाट जिब्राल्टरको स्ट्रेट पार गर्न डुंगा चढेका थिए । सो दुर्घटनामा अन्य नौजना आप्रवासीलाई जीवितै उद्धार गरी अस्पताल पुर्याइएको अधिकारीहरुले जनाएका छन् । बेपत्ताहरुको खोजी कार्य पनि जारी रहेको विज्ञप्तिमा उल्लेख छ । (रासस–सिन्ह्वा)