मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १o:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महेन्द्रनगरमा एक युवकको शव नहरमा फेला 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १o:२९:oo

कञ्चनपुरको महेन्द्रनगरमा एक युवकको शव नहरमा फेला परेको छ । भीमदत्त नगरपालिका- ४ महेन्द्रनगर गोबरैयाका युवक चन्द्रबहादुर विष्टको शव नहरमा फेला परेको प्रहरीले जनाएको छ । 

तीन दिन अघिदेखि हराएका विष्टको शव नहरमा फालेको अवस्थामा फेला परेको छ । आइतबार घरदेखि हराएका विष्टको मंगलबार सिँचाइको नहरमा शव फेला परेको हो । मृतक विष्टका दाजु अमरबहादुर विष्टले १३ फागुनदेखि हराएका भाइको शव १५ फागुन बिहान नहरमा भेटिएको बताए ।

विष्टको शव नहरमा फेला परेपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले पसले दीपक जोशी र छिमेकी भरत चन्दलाई घटनाबारे सोधपुछका लागि लगिएको बताए । ‘घटनाको हामीले अनुसन्धान अघि बढाएका छौँ,’ प्रवक्ता डाँगीले भने, ‘घटनास्थलदेखि शव फेला परेको स्थान सबै क्षेत्रमा आवश्यक अनुसन्धान अघि बढाएका छौँ ।’