Skip This
नयाँ वर्षको सुरुमै दलहरूको शक्ति परीक्षण हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १४ सोमबार
  • Saturday, 27 July, 2024
कमलराज भट्ट काठमाडाैं
२o८o फाल्गुण १४ सोमबार o६:२७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नयाँ वर्षको सुरुमै दलहरूको शक्ति परीक्षण हुने

इलाम र बझाङमा १५ वैशाखमा उपनिर्वाचन : स्थानीय तहमा भने तत्काल खाली नै रहने

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १४ सोमबार o६:२७:oo

नयाँ वर्ष २०८१ सुरु हुँदाहुँदै दलहरूबीच शक्ति परीक्षण तय भएको छ । इलाम र बझाङमा आगामी वैशाखमा उपनिर्वाचनको घोषणा भएको छ । निर्वाचन आयोगले आइतबार दुवैै सिटमा १५ वैशाखमा उपनिर्वाचन गर्ने गरी मिति तोकेको हो । ४ मंसिर ०७९ को निर्वाचनपछि आयोगले गराउन लागेको यो दोस्रो उपनिर्वाचन हो । 

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयाघातबाट निधन भएपछि उक्त स्थान रिक्त छ । यसैगरी, बझाङ प्रदेश सभा ‘१’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको हैसियतमा गृहजिल्ला जाँदै गर्दा ५ असारमा गाडी दुर्घटनामा परी निधन भएपछि यो सिट पनि रिक्त भएको छ ।  संविधानको धारा ८९(च) र धारा १८०(च) बमोजिम दुवै स्थान रिक्त भएको जानकारी संघ र प्रदेश सचिवालयबाट प्राप्त गरेपछि आयोगले सरकारको परामर्शमा मिति तोकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । रिक्त भएको सांसद पदको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

४ मंसिर ०७९ को चुनावमा इलाम २ मा एमालेका नेम्वाङ ३० हजार २० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार ९०६, रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत प्राप्त गरेका थिए । मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले एक हजार ३६३, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले एक हजार २७२, जसपाका यामप्रसाद लिम्बू ७२४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले ६८४, राप्रपाका गणेशप्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।    

बझाङ प्रदेश ‘क’ मा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित निर्वाचित भएका थिए । उनको सडक दुर्घटनामा निधन भएपछि उक्त सिट रिक्त भएको हो । यो सिटमा एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६, राप्रपा नेपालका कर्णबहादुर खड्काले ४२६, राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरेका थिए । प्रदेश सभामा रास्वपाले भाग लिएको थिएन ।

आयोगको तथ्यांकअनुसार मंसिर ४ को निर्वाचनमा इलाम २ मा एक लाख १५ हजार ३४२ मतदाता रहेकामा ६८ हजार ९५१ मत खसेको थियो । बझाङमा एक लाख २२ हजार ३७६ मतदाता रहेकोमा ६२ हजार १७६ मत खसेको थियो । निर्वाचनको मिति तय गरेसँगै आयोगले मतदाता नामावली  दर्ता  कार्य  स्थगन गरेको छ । मिति घोषणा भएपछि निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने मतदाता नामावली ऐनको व्यवस्था छ । यसैअनुसार नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरेको सहायक प्रवक्ता थानेश्वर भुसालले बताए । 

प्रतिनिधिसभा र प्रदेश सभाको रिक्त स्थानमा उपचुनावको मिति घोषणा गरेको आयोगले स्थानीय तहका रिक्त २४ स्थानमा तत्काल उपनिर्वाचन नहुने जनाएको छ । स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्छ । आयोगले पालिकामा पनि चुनाव गराउन तयार रहेको बताए पनि सरकारले तत्काल काम नरोकिएको भन्दै उपयुक्त समयमा पालिकामा उपनिर्वाचन गर्ने धारणा व्यक्त गरेको छ । 

चुनाव छुट्टाछुट्टै नै राम्रो हुन्छ भन्ने आयो
दिनेश थपलिया,प्रमुख निर्वाचन आयुक्त

हामीले एउटै मितिमा गर्न सक्छौँ भनेका थियौँ । तर, सरकारबाट अहिले पालिकाको त्यति काम पनि रोकिएको छैन, यो निर्वाचन र पालिकाको एजेन्डा पनि एउटै हुन्न, त्यही भएर एकै मितिमा नगरौँ, पहिले पनि पछि नै गरेको थियो । छुट्टाछुट्टै नै राम्रो हुन्छ भन्ने आयो ।