१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सब–ए–बारात’ पर्व मनाउँदै मुस्लिम समुदाय

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

इस्लाम धर्मावलम्बीले आज ‘सब–ए–बारात’ पर्व धुमधामका साथ मनाउँदै छन्। इस्लामिक महिना सवाणमा मनाइने ‘सब–ए–बारात’ पर्वको अवसरमा मुस्लिम समुदायले आज आइतबार राति जाग्राम बसेर सामूहिक नबाज पढ्ने, कुरान खानी, फतिह, मिलाद गराउने तथा कब्रिस्तान (चेहानस्थल)मा गएर मृत्यु भएका आफ्ना आफन्त तथा नजिकको लागि दुवा प्रार्थना गर्ने गर्छन्।

‘सब–ए–बारात’को १० दिनअघिदेखि मुस्लिम सामुदायका व्यक्तिहरूले घरको सरसफाइदेखि कब्रिस्तानको सरसफाइ गर्ने गर्छन्। ‘सब–ए–बारात’को राति चाना, सूचीसहितका बलुवा बनाई फतिहा गराउने चलन छ।

त्यसैगरी, धार्मिक गुरुहरूलाई घरमा बोलाई कुरान खानी (कुरान पढाउने), मिलाद गर्ने, गरिब विपन्नहरूलाई घरमा बोलाई मीठो परिकार खुवाउने तथा उनीहरूलाई दान दक्षिणा दिने गरिन्छ।

‘सब–ए–बारात’मा रातभर जाग्राम बसेर धार्मिक क्रियाकलाप गरेको खण्डमा अल्लाह खुसी हुने र चिताएको कुरा अल्लाहले पूरा गर्ने तथा विगतमा गरेका पापहरूको माफी हुने जनविश्वास रहेको इस्लामिक धार्मिक गुरु मोफ्ती उसमान बरकातीले बताए।

जनकपुरधामका समाजसेवी तथा अधिवक्ता अजिज आलमले भने, ‘सब–ए–बारात भनेको इबादत (धर्मकर्म)को राति हो, यो रात मान्छेले जति धर्म गर्छन्, त्यो अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य पाउँछन्।’ 

जनकपुरधामका फैजाने मदिना मदरसाका मोफ्ती मोतिउल रहमानले भने, ‘यो सावण महिना निकै पुण्यको महिना हो। यो महिनामा हजरत मोहम्मद साहब रोजा बस्नुहुन्थ्यो। सब–ए–बरातकै राति अल्लाहले वर्षभरिमा कसको कति रिजक (आय) हुन्छ? कसको जन्म र मृत्यु हुन्छ सबै उल्लेख गर्छन्। त्यसकारण यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्छ।' सब–ए–बारात सम्पन्न भएको १५ दिनपछि रामजान पर्व सुरु हुने उनले बताए।