नेपाललाई सातौँ झड्का, नेपाली ब्याटिङ गहिरो संकटमा

आइतबार, १३ फागुन, २०८०
डिजिटल संस्करण

आइसिसी क्रिकेट विश्वकप लिग– २ मा पुनः एकपटक नेपाली ब्याटिङ ध्वस्त बनेको छ । नेदरल्यान्ड्सविरुद्धको जारी खेलमा नेपालले एक सय २२ रन बनाउँदा सात विकेट गुमाइसकेको छ । 

नेपाली ब्याटरहरू संघर्ष गरिरहँदा राम्रो प्रदर्शन गर्दै अर्धशतकसमेत प्रहार गरिसकेका ओपनर कुशल भुर्तेल सातौँ विकेटका रूपमा पेभेलियन फर्किएका छन् । 

९३ बल खेलेका कुशलले आठ चौकासहित ६६ रन बनाए । उनी भान डेरको बलमा उनकै हातबाट सहजै आउट हुन पुगे । ३६.३ ओभर खेलिसकेको नेपालले जम्मा एक सय २२ रन बनाएको छ । 

अहिले क्रिजमा आरिफ शेख र टिममा कमब्याक गरेका गुल्सन झा छन् । यही जोडी नै नेपालको अन्तिम आशा हो । 

सुझावित समाचार