१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सागर रिजाल
२०७६ बैशाख २५ बुधबार १०:५६:००
Read Time : < 1 मिनेट
प्रदेश

विद्यालयमा भूकम्प मापनयन्त्र

Read Time : < 1 मिनेट
सागर रिजाल
२०७६ बैशाख २५ बुधबार १०:५६:००

ऐरावती गाउँपालिका वडा नं ५ स्थित महेन्द्र माध्यामिक विद्यालयमा भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान भएको छ । सोमबार कार्यक्रम गरी यन्त्र जडान गरेको हो । स्विट्जरल्यान्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान भएको विद्यालयका प्रधानाध्यापक खेतबहादुर रोक्काले बताए । 

विद्यालयलाई उपकरण प्रदान गर्दै सुवेदीले नेपालमा जुनसुकै समयमा पनि भूकम्प जान सक्ने हुँदा आपूmले नेपालका केही जिल्लामा यो यन्त्र प्रदान गरेको बताए । ‘विद्यार्थीलाई जनचेतना फैलाउने हिसाबले विद्यालयमा जडान गरिएको हो’, उनले भने । विद्यार्थीले घरपरिवार समाजमा समेत यसबारे जानकारी गराउने उनको भनाइ छ । 

नेपालका २३ जिल्लामा जडान गरिने 
स्विट्जरल्यान्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यन्त्र जडान गर्ने तयारी छ । यन्त्रले एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्नेछ ।