Skip This
साम्राज्ञी र धीरजलाई लिएर ‘रुमानी रंग’को घोषणा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १२ शनिबार १६:५९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

साम्राज्ञी र धीरजलाई लिएर ‘रुमानी रंग’को घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार १६:५९:oo

साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धीरज मगरको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रंग’को औपचारिक घोषणा गरिएको छ।

अनिल योञ्जनको निर्देशन रहने साम्राज्ञी र धीरज ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोस्राेपटक एकसाथ चलचित्रमा देखिन लागेका हुन्। उनीहरू लगभग पाँच वर्षपछि एकसाथ पर्दामा आउन लागेका हुन्।

घोषणा गरिएको सिनेमामा कथा–पटकथा र संवाद निर्देशक योञ्जनकै रहनेछ। ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा जिएम ठकुरी प्रस्तुतकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्। यसअघि यो टिमले एक्सन थ्रिलर ‘लाखे’ निर्माण गरेको थियो।

सिनेमामा आविष्कार बहुसञ्चार प्रालिको सहकार्य रहनेछ भने अस्ट्रेलियाको लाइन प्रोडियुसरमा डिब्वाइज इन्टटेन्मेन्ट रहेको छ। यो कम्पनीले ‘डमरुको डन्डिबियो’, ‘नेप्टे’, ‘क्याप्टेन’ तथा ‘ए मेरो हजुर’लगायतका १० भन्दा बढी नेपाली सिनेमाको अस्ट्रेलियामा वितरण गरिसकेको छ।

सिनेमाको ९० प्रतिशत सुटिङ अस्ट्रेलियामै हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ। सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। सिनेमा वैशाखको पहिलो साताबाट फ्लोरमा जाने बताइएको छ।

महेश पौडेलको सिनेम्याटोग्राफी रहने सिनेमामा सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन्।