मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
समाचार डिजिटल संस्करण

मिटरब्याजी रामदेव साहबाट पीडितहरूले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १४:४५:oo

खुँखार मिटरब्याजी रामदेव साहबाट पीडितहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्। शनिबार सप्तरीको खडक नगरपालिकाको बिसनपुर आएका गृहमन्त्री श्रेष्ठलाई भेटेर पीडितहरूले ज्ञापनपत्र बुझाएका हुन्।

पीडितहरूले आफूहरू न्यायको लागि सडकदेखि अदालतसम्म पुगेको बताउँदै गृहमन्त्रीसँग पनि न्यायको लागि गुहार मागे। उनीहरूले मिटरब्याजपीडितहरूको छलफलमा भएको समस्याबारे समेत ध्यानाकर्षण गराएका छन्। अदालतले रामदेव साहसहित आठजनालाई पक्राउ पुर्जी जारी गरे पनि पक्राउ नगरिएकोप्रति पीडितहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

मिटरब्याजीलाई पटक-पटक पत्र काट्दा पनि उपस्थित नहुने र अदालतमा निषेधाज्ञा देखाएर पन्छिने गरेको पीडितहरूको गुनासो छ। निषेधज्ञा मुद्दा जोड्न आफूहरूलाई २५ हजारदेखि ५० हजारसम्म खर्च हुने गरेको उल्लेख गर्दै पीडितहरूले उक्त समस्या समाधान गर्नसमेत माग राखेका छन्।