मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Monday, 31 August, 2026
तिवारी यादव वीरगन्ज
२o८o फाल्गुण ११ शुक्रबार १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेसनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार १८:१५:oo

वीरगन्ज महानगरपालिका– १५ भेडियाहीमा रहेको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी चयन भएका छन्।

गत फागुन ४ मा बसेको अस्पतालको सञ्चालक समिति बैठकले प्रबन्ध निर्देशकमा शाहनवाजलाई चयन गरेको हो। उनी सञ्चालक समितिका अध्यक्ष महम्मद जैनुद्दिन अन्सारीका छोरा हुन्।

यसअघि लामो समयसम्म अस्पतालको सञ्चालक समितिको प्रबन्ध निर्देशकमा बसरुद्दिन अन्सारी थिए। बसरुद्दिन नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य हुन्।

अस्पतालमा अब बसरुदिनको १० प्रतिशत मात्र सेयर रहेको अस्पतालका सञ्चालक अध्यक्ष जैनुद्दिनले जानकारी दिए।