१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौँ : अभिनेत्री कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:o६:oo

चर्चित वलिउड अभिनेत्री मनीषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्न आग्रह गरेकी छिन्।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रबार आयोजना गरेको महिला आत्मनिर्भरता विषयक अन्तर्संवाद तथा छलफल कार्यक्रममा बोल्दै कोइरालाले यस्तो धारणा राखेकी हुन्।

‘हामी ज्ञान तथा सीपका लागि विश्वका जुनसुकै ठाउँमा पनि पुग्न सक्छौँ। तर, जुन माटोमा जन्मियौँ, त्यस माटोप्रति हाम्रो कर्तव्य हुन आउँछ। त्यसैले पनि नेपालका लागि मैले के गर्न सक्छु भन्ने चिन्तन आवश्यक छ। त्यसका लागि आफ्नो सीप देशमा खर्चिनुपर्छ,’ उनले भनिन्।

सार्थक जीवनका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनले आत्मनिर्भरताका लागि समयमै आफ्नो रुचिअनुसारको विषय पहिल्याउन र सोहीअनुरूप काम गर्न विद्यार्थीलाई सुझाव दिइन्।

आफू क्यान्सरजस्तो गम्भीर रोगबाट निको भएर बाहिर आएको र देशका लागि केही गर्न सकिन्छ कि भनेर काम गर्दै आइरहेको प्रसंग उल्लेख गर्दै कोइरालाले जिन्दगी संघर्षपूर्ण यात्रा रहेको बताइन्।

‘अहिलेका युवा–युवतीहरूले धेरै स्ट्रेस लिएको देखिन्छ। त्यसबाट बाहिर आउन जरुरी छ। कुनै पनि काम सानो–ठूलो भन्ने हुँदैन। तपाईंले गरिरहेका कामलाई पर्याप्त समय दिनोस्, तपाईंलाई ठीक लागेन– बाटो परिवर्तन गर्नुस्। क्षणिक लाभका लागि गरिएको कामले दिने सन्तुष्टि क्षणिक नै हुन्छ। त्यसैले काम गर्दा दीर्घकालीन सोच अगाडि ल्याएर काम गर्नुस् सफलता अवश्य मिल्छ,’ कोइरालाले भनिन्।

ad
ad