१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रासस काठमाडौँ
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
रासस, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ। 

अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ,’ उनले भने, ‘हिजो उनीहरू आफन्तकहाँ गएर बसेका थिए। आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौँ। उनीहरू के–कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ।’