१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २२:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔँ, दाग लागेका मन्त्रीलाई घर पठाऔँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २२:३६:oo

कांग्रेस महामन्त्री गगन थापाले काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्ने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन् ।

महासमिति बैठकको बिहीबार आयोजित समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका हुन् । 

‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ,’ उनले भने, ‘काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ ।’

उनले जनताले सरकारसँग सुशासन र डेलिभरी खोजेको भन्दै राम्रोसँग काम गरे अर्को चुनावको चिन्ता गर्न नपर्ने बताए । ‘आम नागरिकहरू आज सरकारसँग सुशासन र डेलिभरीको कुरा खोजिरहेका छन् । हामी सरकारमा छौँ । सरकारमा भएर यसरी राम्रोसँग काम गरौँ । जसको कारणले गर्दा अर्को सरकारको बारेमा चिन्ता गर्नु नपरोस्,’ उनले भने । 

सांसदसमेत रहेका थापाले भ्रष्टाचारीहरू समात्न कतिपय कानुन बदल्नुपर्ने भएकाले कांग्रेसकै नेतृत्वमा बदल्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘कांग्रेसको पहलमा हामीले कानून बनाउने केही पहलकदमीहरू लिएका छौँ । ०४६ साल पछाडि प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन होस् भन्ने कानून नेपाली कांग्रेसको पहलकदमीमा यहीँ संसद्बाट बनाएर सुशासनको सन्दर्भमा हामीले देखाउनुपर्ने छ ।’ 

आफूलाई लागेको दाव ऐन पुछेर नहट्ने भन्दै आफैँले मेटाउनु पर्ने चर्चा गरे । ‘कतिपय ठाउँमा दाग लागेको छ । दाग पुछ्नका लागि ऐन पुछेर हुँदैन । दाग हामी आफैँले मेटाउनुपर्छ,’ उनले भने, ‘हाम्रो घरलाई ठिक बनाइसकेपछि अनि बलियोसँग उभिएको कांग्रेसले नेताको नाममा सहकारी ठग्नेहरूलाई ठिक ठाउँमा लिएर आउँछ । जग्गा किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ । नागरिकता किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ ।’ 

उनले जिम्मामा भएका हाम्रा सांसद मन्त्रीहरूले हिसाब किताब दिन सक्नुपर्ने बताए । ‘प्रत्येकले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुशी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ कांग्रेसले । काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ,’ उनले भने । 

ad
ad