मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समूहगत छलफलमा उठेका सुझाव प्रस्तुत गर्दै प्रदेश सभापतिहरू

कांग्रेस महासमिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन समूहगत छलफलमा उठेका सुझावहरूलाई प्रदेश सभापतिहरूले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ।

ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु महासमिति बैठकको चौथो दिन बन्द सत्रमा उठेका सुझावहरूलाई केन्द्रीय पदाधिकारीहरूसहितको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको हो।

मंगलबार उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्‍वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदनमाथि बुधबार दिनभरि महासमिति सदस्यहरूले चार समूहमा रहेर समूहगत छलफल गरेका थिए।

महासमिति सदस्यहरूले गठबन्धनको विषय, सामाजिक तथा आर्थिक मुद्दाहरू, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयमा नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने सुझावहरू प्रस्तुत गरेका थिए। महासमिति बैठकको समापन पनि आज नै गरिने नेपाली कांग्रेसका महासमिति बैठकका प्रचारप्रसार संयोजक मीनबहादुर विश्‍वकर्माले जानकारी दिए।