१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

त्रिभुवन विमानस्थलको राजस्व संकलन ११ अर्बभन्दा बढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:५२:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो। आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको संख्या पनि बर्सेनि बढिरहेको छ।

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ। विमानस्थलका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा रु. ११ अर्ब ३८ करोड राजस्व संकलन भएको छ। चालू आवमा रु. १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु. ६ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको उल्लेख गरे।

विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बाहल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ।

विमानस्थलले आव ०७७/७८ मा रु. दुई अर्ब ४६ करोड राजस्व उठाएको थियो। कोभिड– १९ का कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ। कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या पनि बढ्दो क्रममा छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्। 

सन् २०२२ मा यो संख्या ७९ लाख ५४ हजार चार सय ९५ थियो। जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो। एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ३०.१८ प्रतिशतले बढी हो। आन्तरिकतर्फ हवाईयात्रा गर्नेको संख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए। यो संख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा ४.५ प्रतिशतले बढी रहेको विमानस्थलले जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन्। 

नेपालले हाल ४२ मुलुकसँग दुईपक्षीय हवाई सेवा सम्झौता गरेको छ। पछिल्लोपटक गत माघ २३ गते नेपाल र स्विट्जरल्यान्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो।

ad
ad