१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १o:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खैरो हिरोइनसहित मिर्चैयाका तीन युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

सिराहा प्रहरीले कडाखालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित मिर्चैया क्षेत्रका तीनजना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार अपराह्न सिराहा नगरपालिका– १७ कालीचोकमा प्रहरीले शंकास्पद अवस्थामा नेपालतर्फ आउँदै गरेका तीनजना युवा चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा कडाखालको मानिने खैरो हिरोइनजस्तो देखिने प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले सिराहाको मिर्चैया– ११ सियापुरका २२ वर्षीय सुरेन्द्रकुमार महरा, मिर्चैया– ९ ढोरनाका २२ वर्षीय अरविन्द्र मण्डल र २३ वर्षीय अनिल मण्डललाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार अनिलले चलाएको प्रदेश २–०१–००१ प ५९४६ नम्बको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा बीचमा बसेका सुरेन्द्रले भित्री कपडामा लुकाएको प्लास्टिकसहित ०.६३ ग्राम तौल भएको खैरो हिरोइनजस्तो देखिने लागुऔषध बरामद भएको हो । लागुऔषध बरामद भएपछि तीनजनालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । 

खैरो हिरोइनसहित ११ दिनमा ६ पक्राउ
प्रहरीले गत २८ माघदेखि मंगलबारसम्म ११ दिनको अवधिमा सिराहाको मिर्चैया क्षेत्रका ६ जना युवकलाई कडाखालको मानिने २०.०६ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ । 

प्रहरीले ३ फागुनमा मिर्चैया नगरपालिका– ६ एकता टोलका करिब ३४ वर्षीय शत्रुधन ठाकुरलाई १५ ग्राम, २८ माघमा मिर्चैया– २ मल्हनियाका करिब १९ वर्षीय विष्णुकुमार साहलाई ४.४३ ग्राम खैरो हिरोइनजस्तो देखिने लागुऔषधसहित पक्राउ गरी मुद्दा चलाएको जनाएको छ ।