१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा फागुन १० गतेसम्म सञ्चालन हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका कार्यसूची तथा समसामयिक प्रस्ताव रहेको बताइएको छ।
 
पार्टी अध्यक्ष केपी ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे बैठकमा सम्बोधन गर्नेछन्। साथै बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणामा छलफल हुनेछ।