मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बर्लिनको मुख्य विधामा छानिएको फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

विश्वको प्रतिष्ठित मानिने बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धाका लागि छानिएको मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक भएको छ। २३ फेब्रुअरीमा बर्लिनमा ‘वर्ल्ड प्रिमियर’ हुनुअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा फिल्मका शीर्ष कलाकार थिन्ले ल्हामो र सोनम तोप्देनलाई देखाइएको छ। फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले व्यापारका लागि ल्हासातिर हराएका श्रीमान् खोज्दाको कथा समेटिएको छ। तिब्बती र नेपाली भाषामा बनेको यो फिल्ममा कार्म शाक्यलगायत नेपाली कलाकारको पनि अभिनय छ।

‘साम्बाला’ बर्लिनको मुख्य प्रतिस्पर्धामा छनोट भएको पहिलो नेपाली फिल्म हो। त्यस्तै, यसवर्ष बर्लिनमा मुख्य प्रतिस्पर्धाको लागि दक्षिण एसियाबाट छनोट हुने यो एक्लो फिल्म पनि हो। 

निर्देशक भाम र अविनाशविक्रम शाह मिलेर लेखेको फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको छ। निर्देशक भामले यो फिल्मका लागि विश्वका विभिन्न चर्चित ल्याबबाट करोडौँको अनुदान (फन्ड)समेत पाएका थिए।

बर्लिनमा यसपटक सौरभ घिमिरे निर्देशित नेपाली सर्ट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ पनि प्रदर्शन हुँदै छ। त्यस्तै, ‘बर्लिनले ट्यालेन्ट’मा पाँचजना नेपाली चलचित्रकर्मीसमेत सहभागी छन्।

हेर्नुहाेस् ट्रेलर :