१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण ७ सोमबार १६:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानको रक्षा र कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण ७ सोमबार १६:३०:००

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका छन् । 

आजबाट सुरु भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान संविधान कांग्रेसकै नेतृत्वमा बनेकाले यसको सुरक्षा र कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका हुन् । 

‘जन्मकालदेखि नै कांग्रेसले राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 
विभिन्न समयमा भएका संघर्ष र आन्दोलन, दश वर्षको सशस्त्र द्वन्द्वलाई शान्तिमा परिणत गर्नेदेखि अन्तरिम संविधान हुँदै २०७२ मा संविधानसभाबाट संविधान जारी गर्नेसम्मको जिम्मेवारी कांग्रेसकै नेतृत्वमा भएका हुन्,’ उनले भने, ‘यसर्थ पनि कांग्रेसको काँधमा बढी जिम्मेवारी छ । कांग्रेसले भविष्यमा समेत जिम्मेवारी निर्वाह गर्नेछ ।’