१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसका वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरौँ : उपसभापति गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमिति बैठकले पारित गर्नुपर्ने बताएका छन्।

ललितपुरको गोदावरीमा सोमबारबाट सुरु महासमिति बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन्। साथै उनले पदाधिकारीले गरेका गल्तीलाई महासमितिले सच्याएर अघि बढ्नुपर्ने बताए।

पार्टीको सांगठनिक संरचना सुधार गर्ने महासमितिले अधिकार राख्ने उल्लेख गर्दै उनले भने, ‘भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्छ। मुसाले धेरै बच्चा जन्माउँछ। हात्तीले एउटा जन्माउँछ, तर त्यही शक्तिशाली हुन्छ।’

कांग्रेसमा फेदमा बस्नेले दुःख गर्ने र टुप्पोमा बस्नेले मात्रै खाने परिपाटी रहेको भन्दै गुरुङले यसको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए। ‘हामी एक ठाउँमा उभिएर आर्थिक सुशासन कायम गर्नुपर्नेछ। यो हुन नसक्नु भनेको भ्रष्टाचार मौलाउनु हो। जबसम्म भुइँमा भएकालाई टुप्पोमा पुर्‍याउन सकिँदैन, तबसम्म केही गर्न सकिँदैन,’ उनले भने।

उपसभापति गुरुङले आर्थिक, सामाजिक, अन्तर्राष्ट्रियलगायत नीतिहरू बैठकमा प्रस्तुत हुने भन्दै आर्थिक नीति प्रजातान्त्रिक समाजवाद हुनुपर्ने बताए। प्रजातान्त्रिक समाजवादले नै झुपडीमा बस्ने र महलमा बस्नेलाई जोड्ने उनको जिकिर थियो।

‘कोरोनाका कारण अस्ताएको अर्थतन्त्र बिस्तारै सकारात्मक दिशामा अघि बढिरहेको छ। अझै ह्वात्तै फड्को मार्न सकिएको छैन, यसमा क्रोनिक क्यापिटालिज्मले हो कि भन्ने विषयमा बहस गर्नुपर्दछ। क्रोनिक क्यापिटालिज्मका कारण आर्थिक सुशासन कायम गर्न सकिएको छैन। यसका विरुद्धमा महासमितिले एकमत भएर समाधान लगेर जानुपर्दछ,’ गुरुङले भने।