मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यालयमै गोली चलाएपछि बलम्बु प्रभागका इन्स्पेक्टर हटाइए, छानबिन समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

काठमाडौंको प्रहरी प्रभाग, बलम्बुका इन्स्पेक्टर राजन श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ। उनले आइतबार कार्यालयभित्रै गोली चलाउँदा गोली लागेर प्रहरी जवान घाइते भएका थिए।

इन्स्पेक्टर श्रेष्ठले राम्रोसँग पेस्तोल ‘ह्यान्डल’ गर्न नसक्दा ‘फायर’ भएको हो। घटनाको विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी गंगा पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ।

गोली जवानको खुट्टामा लागेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। गोलीको झर्राले एक सेवाग्राहीकै औँलामा पनि चोट लागेको छ।  

कसरी चल्यो गोली ? 

इन्स्पेक्टर श्रेष्ठ आइतबार माइतीघरको ड्युटीमा थिए। ड्युटी सकिएपछि कार्यालयमा गई उनले नयाँ पेस्तोल बोक्न चाहेका थिए। 

आफ्नो साथमा रहेको टाइप ५४ पेस्तोल कार्यालयको जिन्सी शाखामा बुझाई अर्को पेस्तोल मागेका थिए। जिन्सी शाखाले राउन्ड १५ समेतको १ थान म्यागजिनसहितको पेस्तोल उनलाई बुझाएको थियो। 

उक्त पेस्टोलको सेफ्टिक्याच आरमा भएको कक गरेर सेफमा लान खोज्दा सेफ नभएको र म्याग्जिन लगाएर कक गर्ने क्रममा अकस्मात् फायर हुन गएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। 

पेस्तोलको नोजल भुइँतर्फ फर्काई निरीक्षण चेकजाँच  हुँदा पेस्तोल फायर भएको थियो। पेस्तोलमा प्रयोग हुने नौ एमएमको  १ राउन्ड गोली मूल ढोकाअगाडिको भुइँमा रहेको मार्बलमा लागेको थियो। 

मार्बलबाट उछिट्टिएर ढोकासँगै रहेको ड्युटी अधिकृत कक्षको टेबलको बारमा लागी फर्किएर इन्स्पेक्टरका अंगरक्षक प्रहरी जवानको बायाँखुट्टाको घुँडामुनि लागेको थियो। 

साथै गोलीको छर्रा ड्युटी अधिकृत कक्षसँगै रहेका एक सेवाग्राहीको खुट्टाको बुढीऔँलामा लागी सामान्य घाइते भएका हुन्।