मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भिडियो केवाइसीमार्फत कामना सेवाले अनलाइन खाता खोलिदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३६:oo

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । बैंकले खाता खोल्न चाहने ग्राहक स्वयं बैंकमा उपस्थित हुुनुनपर्ने मोड्युल ल्याएको हो । 

अनलाइन माध्यमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भए तापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नका लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी आफ्नो केवाइसी अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । 

यो व्यवस्थाले स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूअनुकूल विभिन्न प्रकारका खाता खोल्न सक्ने उल्लेख छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयरलगायत सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले हाल देशभरमा एक सय ३५ शाखा सञ्जाल तथा ७७ एटिएममार्फत सेवा दिइरहेको जनाइएको छ ।