मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सबै बैंक तथा वित्तीय संस्थाको मुख्य वित्तीय परिसूचक सबल : सिबिफिन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:o९:oo

बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा विगत केही दिनदेखि बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने क्रियाकलाप भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिबिफिनले सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरू अक्षरशः पालना गर्दै सञ्चालित बैंक तथा वित्तीय संस्थाहरू विभिन्न कानुनी नियमनमा बसेको उल्लेख गरेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै सिबिफिनले बैंक तथा वित्तीय संस्थाहरू नियमन हुने विधिसमेत उल्लेख गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐन, २०७३ तथा सो ऐनबमोजिम जारी भएको नियम तथा त्यसबमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशनबमोजिम सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमित रूपमा सुपरिवेक्षण तथा अनुगमन भई विभिन्न निर्देशन जारी हुने र सोको परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानुनबमोजिम आवश्यक कारबाही हुने विज्ञप्तिमा उल्लेख छ । यससँगै बैंक तथा वित्तीय संस्थाहरूको क्यापिटल एडिक्वेसी रेसियो, लिक्विडिटी रेसियो, सिडी रेसियो, क्यास रिजर्भ रेसियोजस्ता आर्थिक परिसूचकलगायत विभिन्न प्रमुख वित्तीय तथा गैरवित्तीय परिसूचकहरूको सम्बन्धमा नियमित रूपमा आन्तरिक तथा नियामकमार्फत अनुगमन हुने र सोसम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने तथा निर्देशन पालना नभए कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको जनाइएको छ । 

यसका साथै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको पाँच लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’मार्फत सुरक्षण गरिने व्यवस्था रहेको विज्ञप्तिमा जनाइएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूमा ०८० पुस मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल गार्हस्थ्य उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार चार सय ४१ शाखा सञ्जाल रहेको र उनीहरूको मुख्य वित्तीय परिसूचक स्वस्थ एवं सबल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहकको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना नभएको सिबिफिनको भनाइ छ ।