१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्डमाथि भारतको सानदार जित

भारतका यशस्वी जैसवालले टेस्टको एकै इनिङ्समा सर्वाधिक १२ छक्का प्रहार गर्ने पाकिस्तानी पूर्वक्रिकेटर वासिम अक्रमको विश्व रेकर्ड बराबरी गरेका छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२४:oo

भारतले तेस्रो टेस्टमा इंग्ल्यान्डमा चार सय ३४ रनको फराकिलो जित निकालेको छ । भारतले इंग्ल्यान्डलाई पाँच सय ५७ रनको लक्ष्य दिएको थियो । इंग्ल्यान्डले आइतबार चौथो इनिङ्समा सबै विकेट गुमाएर एक सय २२ रन मात्र जोडेपछि भारतले आफ्नो टेस्ट इतिहासमै अहिलेसम्मकै फराकिलो जित निकालेको हो । यसअघि भारतले सन् २०२१ मा न्युजिल्यान्डविरुद्ध तीन सय ७२ रनले हराएको थियो । भारतको जितमा ओपनर यशस्वी जैसवालले कीर्तिमानी ब्याटिङ गरेका थिए । दोस्रो इनिङ्समा जैसवालले भारतका लागि सर्वाधिक दोहोरो शतकीय योगदानसँगै १२ छक्काको विश्व रेकर्ड बराबरी गरेका थिए । 

पाकिस्तानका पूर्वकप्तान वासिम अक्रममले सन् १९९४ मा जिम्बावेविरुद्ध एकै इनिङ्समा १२ छक्का लगाएका थिए । भारतले इंग्ल्यान्डविरुद्ध पहिलो इनिङ्समा १३०.५ ओभरमा सबै विकेट गुमाएर चार सय ४५ रनको योगफल खडा गरेको थियो । जसमा कप्तान रोहित शर्माले एक सय ३१ रनको योगदान दिए । उनले एक सय ९६ बलमा १४ चौका र तीन छक्का प्रहार गरेका थिए । यसैगरी, रवीन्द्र जडेजाले एक सय १२ रन बनाए । उनले दुई सय २५ बलमा नौ चौका र एक छक्का प्रहार गरे । 

इंग्ल्यान्डको पहिलो इनिङ्स ७०.१ ओभरमा तीन सय १९ रनमा समेटियो । इंग्ल्यान्डका लागि वेन डककेटले एक सय ५१ बलमा २३ चौका र दुई छक्काको सहयोगमा एक सय ५३ रनको योगदान दिएका थिए । भारतले दोस्रो इनिङ्सको ब्याटिङमा ९८ ओभर ब्याटिङ गरेको थियो । भारतले ४३०–४ को अवस्थामा इनिङ्स समाप्ति घोषणा गर्‍यो । दोस्रो इनिङ्समा जैसवालले दुई सय १४ रनको दोहोरो शतक लगाए । उनले दुई सय ३६ बलमा १४ चौका र १२ छक्का लगाए । सुभमान गिलले ९१ रन बनाउन नौ चौका र दुई छक्का प्रहार गरे । पाँच सय ५६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डको ब्याटिङ कमजोर बन्यो । रवीन्द्रले सर्वाधिक पाँच विकेट लिए । उनले १२.४ ओभरमा ४१ रन खर्चेका थिए । कुलदीप यादवले दुई विकेट हात पारे । 

जैसवालको छक्का वर्षा
भारतका ब्याट्सम्यान जैसवालले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा छक्का वर्षा गरेका छन् । उनले भारतका लागि नवजोत सिंह सिद्धुले एकै इनिङ्समा सन् १९९४ मा श्रीलंकाविरुद्ध प्रहार गरेको सर्वाधिक आठ छक्काको रेकर्ड तोडे । जैसवालले भारतका लागि एकै टेस्टमा धेरै छक्का प्रहार गर्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन् । उनले समग्रमा १८ छक्का प्रहार गरे । टेस्ट फम्र्याटमा भारतका लागि एकै सिरिजमा छक्का प्रहार गर्ने उनी बनेका छन् । उनले इंग्ल्यान्डविरुद्धको तीन टेस्टमा २२ छक्का लगाएका छन् । 

१५ वर्षपछि दुवै इनिङ्समा चार सय रन
भारतले टेस्ट खेलमा १५ वर्षपछि दुवै इनिङ्समा चार सय योगफल कटाउन सफल भएको छ । यसअघि सन् २००९ मा भारतले श्रीलंकाविरुद्ध दुवै इनिङ्समा चार सय रन बनाएको थियो । जैसवाल लगातार दुई टेस्टमा दोहोरो शतक लगाउने तेस्रो भारतीय ब्याट्सम्यान बनेका छन् । उनले लगातार दुई टेस्टमा दोहोरो शतकीय इनिङ्स खेलेका हुन् । सन् १९९३ मा बायाँहाते ब्याट्सम्यान विनोद काम्बलीले जिम्बावे र इंग्ल्यान्डविरुद्ध ब्याक टु ब्याक दोहोरो शतक लगाएका थिए सन् २०१७ मा विराट कोहलीले श्रीलंकाविरुद्ध लगातार दुई टेस्टमा दोहोरो शतकीय इनिङ्स खेलेका थिए । 

ad
ad