मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत नदिने 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ।

मुख्यमन्त्री यादवको एकवर्षे कार्यकाल सन्तोषजनक नरहेको तथा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको खण्डमा सभामा पाएको प्रमुख प्रतिपक्षी दलको भूमिका जाने भनेर एमाले बाध्यात्मक अवस्थामा पुगेको छ।

अहिले  मुख्यमन्त्रीलाई विश्वासको मत दिएर पनि एमाले सभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। तर, मधेश सत्तागठबन्धनबाट जनमत पार्टी अलग भएपछि प्रमुख प्रतिपक्ष दल आफू पाउने दाबी गरिरहेको छ। यस्तो बाध्यात्मक अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमालेका एक सांसदले बताए।

नेकपा एमालेका संसदीय दलाका उपनेता दीपेन्द्र ठाकुरले अहिलेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय नभएको बताए। 

आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा तेस्रोपटक  मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सत्तागठबन्धनमा भएको परिवर्तन तथा दलहरूले उनलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्। 

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ।

गत ९ माघमा जनमत पार्टीले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोहीकारण उनले आज विश्वासको मत लिन लागेका हुन्। एक सय सात सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसदहरूको आवश्यकता पर्दछ।