Skip This
प्रेरक प्रसंग : सबैभन्दा महँगो मोती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण ६ आइतबार o६:o८:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सबैभन्दा महँगो मोती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार o६:o८:oo

एक साधु हरेक दिन मृगस्थलीको एउटा रुखको फेदमा बस्थे र कराइरहन्थे– जे चाहन्छौ, त्यही पाउँछौ । जे चाहन्छौ, त्यही पाउँछौ । उनको कुरामा मानिसहरू खासै ध्यान दिँदैनथे । अधिकांशले त उनलाई मानसिक सन्तुलन गुमाएको मानिस ठान्थे । एक दिन एक युवक तिनै साधुको नजिक हुँदै कतै जाँदै थिए । साधुको ‘जे चाहन्छौ, त्यही पाउँछौ’ भन्ने आवाजले उनी टक्क रोकिए र साधुको नजिकै गए । उनले सोधे– साधु महाराज, के म जे चाहन्छु, त्यही पाउँछु त ? साधुले आत्मविश्वासका साथ भने– अवश्य बालक, तिमीले मेरो कुरा मान्यौ भने जे चाहन्छौ, म तिमीलाई त्यही दिन्छु । तर, तिमी के चाहन्छौ, पहिले त्यो त बताऊ । 

युवकले भने– साधु महाराज, म हीराको एक ठूलो व्यापारी बन्न चाहन्छु । साधुले भने– केही छैन बालक, म तिमीलाई एउटा हीरा र एउटा मोती दिन्छु, त्यसबाट तिमी जति चाहन्छौ, त्यति नै हीरा र मोती बनाउन सक्नेछौ । साधुले आफ्नो हात युवकको हातमा राख्दै भने– बालक, म तिमीलाई संसारकै अनमोल हीरा दिँदै छु । यसलाई मानिसहरू ‘समय’ भन्ने गर्छन् । यसलाई शीघ्र आफ्नो मुठीमा कस र यसलाई कहिल्यै गुम्न नदेऊ । यसबाट तिमी जति चाहन्छौ, त्यति नै हीरा बनाउन सक्छौ । 

युवक केही सोच्दै थिए, साधुले आफ्नो अर्को हात युवकको अर्को हातमा राख्दै भने– बालक यसलाई समात । यो संसारको सबैभन्दा महँगो मोती हो । मानिसहरू यसलाई ‘धैर्य’ भन्ने गर्छन् । जब जतिसुकै समय दिँदा पनि परिणाम प्राप्त भएन भने यस मोतीलाई धारण गर्नू । याद राख, जसको साथमा यो मोती हुन्छ, उसले दुनियाँमा जे पनि प्राप्त गर्न सक्छ । 

साधुको कुरा सुनेर युवकले मनमनै अठोट गरे– आजदेखि म आफ्नो समय विनाकारण बर्बाद गर्दिनँ । जहिल्यै धैर्यपूर्वक काम गर्नेछु । यही अठोटका साथ उसले हीराका एक ठूला व्यापारीकहाँ काम गर्न सुरु गरे । मिहिनेत र इमानदारीको बलमा उनी एक दिन हीराका ठूला व्यापारी बन्न सफल भए ।