मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घोराही–तुलसीपुर सडक खण्डमा रास्वपाको दबाब यात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले घोराही–तुलसीपुर सडक खण्डमा दबाब यात्रा सम्पन्न गरेको छ। पूर्वशिक्षामन्त्री शिशिर खनालको नेतृत्वमा रास्वपाले तय गरेको २१ रुग्ण आयोजनामध्ये घोराही–तुलसीपुर सडक खण्डको २३ किलोमिटर यात्रा सम्पन्न गरेको हो।

तुलसीपुरको बिपी चोकमा कार्यक्रमको समापन गर्दै पूर्वमन्त्री एवं सांसद खनालले जनतालाई कुनै दुःख नदिएर गरेको दबाब यात्रा महात्मा गान्धीको सत्याग्रहजस्तै रहेको दाबी गरे।

त्यस्तै, रास्वपाका विकास योजना तथा नीति तर्जुमा केन्द्रीय विभागका सचिव इ. विशाल अधिकारीले आफूहरूको पटक-पटकको दबाबबाट अलपत्र ठेक्का रद्द भएको दाबी गर्दै यो दबाब यात्रा तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिन आयोजना गरिएको बताए।

दुई सयभन्दा बढीको संख्यामा घोराहीदेखि तुलसीपुरसम्मको २३ किमि दाबाब यात्रामा सहभागी थिए। रास्वपाका तर्फबाट केन्द्रीय सहमहामन्त्री विपिनकुमार आचार्य, केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल र देवराज पाठक र केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदीको सहभागिता रहेको ।