Skip This
छोराछोरीलाई शिक्षादीक्षादेखि लाखौँको आम्दानी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ५ शनिबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ५ शनिबार १o:o९:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

छोराछोरीलाई शिक्षादीक्षादेखि लाखौँको आम्दानी

लघुवित्त सम्मेलन विशेष

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ५ शनिबार १o:o९:oo

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ९, कार्कीगाउँ पुग्दा लक्ष्मी कार्की गाईभैँसीलाई दाना दिँदै थिइन् । आजभोलि कार्कीको यसरी नै गाईभैँसी स्याहारसुसारमै दिन बित्छ । गाईभैँसी पालेर उनको परिवारले राम्रै आम्दानी गरेको छ । 

दुई वर्षअगाडिसम्म कार्कीले थोरै गाई र भैँसी पालेकी थिइन् । थोरै गाईभैँसी पाल्दा दु:ख बढी र आम्दानी कम हुने गर्थ्यो । त्यसरी नै भए पनि पशुपालन र तरकारी खेती गरेर दुई छोरालाई शिक्षा दिँदै आएकी थिइन् । व्यवहार टार्न धौधौ थियो । व्यावसायिक पशुपालन गर्ने चाहना त थियो, तर उनीसँग लगानी गर्ने रकम थिएन् । यसै क्रममा दुई वर्षअगाडि नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फार्म खोल्न सल्लाह दिएपछि उनले पशुपालन फार्म खोल्ने निधो गरिन र सिंंगडी पशुपक्षी कृषि फार्म दर्ता गरी पशुपालन गर्न थालिन् । 

‘पहिला थोरै पशु थिए । धेरै दु:ख थियो । आम्दानी कम थियो । त्यही भए पनि हामीले गर्दै आएका थियौँ,’ कार्कीले भनिन्, ‘नेसनल लघुवित्त वित्तीय संस्थाको सल्लाह, सुझावअनुसार व्यावसायिक रूपमै फार्म दर्ता गरी नेसनल लघुवित्तबाट पहिलो कर्जा ६० हजार रुपैयाँ लिई  पशुपालन गर्न थालेँ ।’ पहिला ऋण खोज्दा पनि आफूलाई नपत्याएर नदिने गरेको उनी सम्झिन्छिन् ।

हाल नेसनल लघुवित्तबाट चार लाख रुपैयाँ कर्जा लिएकी उनको फार्ममा ४० लाखबराबरको लगानी पुगिसकेको छ । उनको फार्ममा अहिले नौवटा गाई र चारवटा भैँसी छन् । उनले ९० लिटरभन्दा बढी दूध बेच्दै आएकी छिन् । नेसनलले देखाएको बाटोले आज खुसी भएको र राम्रो आम्दानी गर्न सकेको उनी बताउँछिन् । उनको परिवारमा चारजना छन् । पशुपालनबाटै दुई भाइ छोरामध्ये एउटालाई डाक्टर र अर्काेलाई इन्जिनियर पढाएको उनी बताउँछिन् । उनले एकजनालाई रोजगारी पनि दिएकी छिन् ।

सोही स्थानकी बिनु कार्कीले पनि नेसनल लघुवित्त वित्तीय संंस्थाबाट कृषि ऋण लिएर राम्रै आम्दानी गर्न थालेकी छिन् । उनको परिवारले तरकारी खेती, कुखुरापालन र पशुपालन गर्दै आएकी छिन् । उनको परिवारले पाँच रोपनी जग्गामा तरकारी खेती, एक हजार चार सयवटा कुखुरा, तीनवटा गाई र दुईवटा भैँसी पाल्दै आएकी छिन् । उनको परिवारले कुखुरापालन, पशुपालन र तरकारी खेतीबाट वार्षिक १२ लाखभन्दा बढी कमाउने गरेको छ । 

‘कृषिबाटै हामीले वार्षिक ३० लाखभन्दा बढी कमाउँछौँ, खर्च कटाएर नै १२ लाखभन्दा बढी कमाउँछाैँ,’ कार्कीले भनिन्, ‘दुई छोरी र एक छोरालाई त्यहीँबाट पढाएका हौँ । छोरीलाई उच्च शिक्षाका लागि अमेरिका पठाउने तयारी छ ।’ उनीहरूजस्तै थोरै ऋण लिएर धेरै आम्दानी गरेका रीता खड्कालगायत धेरै छन् । 

सुखदु:खको सारथि नेसनल
नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड सुख–दु®खको सारथि भएको पाँचखाल नगरपालिका–९ की रीता खड्काले बताइन् । पशुपालन र तरकारी खेतीमा कहिलेकाहीँ लगानी नपुगेको हुन्छ, त्यसवेलामा नेसनलले घरआँगनमै आएर ऋण दिने गरेको उनी बताउँछिन् । ‘नेसनल लघुवित्त वित्तीय संंस्था हाम्रा लागि सुखदु:खको सारथि भएको छ । चाहिएका वेलामा घरआँगनमै आएर ऋण दिने गरेको छ ।’ उनले भनिन्, ‘हामी महिलालाई जहिले भन्यो त्यहीले ऋण कसले पत्याउँछ र ? तर, नेसनलले पत्याएको छ । सायद हामी इमानदार भएर पनि होला ।’

त्यसरी नै लक्ष्मी कार्की र बिनु कार्कीको पनि अनुभव छ । उनीहरूले नेसनलबाट ऋण लिने र व्यवसायबाटै बिस्तारै तिर्दै जाने गरेको बताउँछिन् । नेसशनलले विनाधितो विनाझन्झट घरमै आएर ऋण दिने गरेको उनीहरू बताउँछन् । 

नेसनल लघुवित्त वित्तीय संंस्थाको लगानीको ४५ प्रतिशत कृषिमा लगानी गरिएको संंस्थाका तालिम तथा विकास विभागका प्रमुख भोजराज फुँयालले बताए । पाँचखालका कृषक समूहले राम्रोसँग कर्जा सञ्चालन गरेको उनले बताए । त्यहाँका समूहले व्यावसायिक कृषिका लागि ऋण लिने र सहज रूपमा चुक्ता गर्दै जाने गरेको उनले बताए ।

विपन्नका लागि नेसनल लघुवित्त : रामबहादुर यादव प्रमुख कार्यकारी अधिकृत, नेसनल लघुवित्त तथा लघुवित्त बैंकर्स संघका अध्यक्ष

नेसनल माइक्रो फाइन्सको रूपमा २०७१ असार १८ गतेबाट कारोबार सुरु गरी हालसम्म राष्ट्रियस्तरका तीनवटा लघुवित्त वित्तीय संस्थालाई गाभिसकेको छ । हालसम्म महिला सहयात्रा लघुवित्त वित्तीय संस्था, सजिलो लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था गाभिएको छ । समिट लघुवित्त वित्तीय संस्थासँग मर्जर भएर ०८० असार ३० गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

यस संस्थाले नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा कार्य सञ्चालन गर्दै आएको छ । हालसम्म एक अर्ब आठ करोडभन्दा बढि चुक्ता पुँजी रहेको छ । गत पुस मसान्तसम्ममा वित्तीय संस्थाले १८ अर्ब ३७ करोड लगानी गरेको छ । संंस्थाको निक्षेप पाँच अर्ब २४ करोड रहेको छ । संस्थाले पुस मसान्तसम्ममा १० करोड ४२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । हाल संस्थाले आव ०७९/८० को नाफाबाट बोनस सेयर ७ दशमलव ५ प्रतिशत र नगद लाभांश ७ दशमलव ५ प्रतिशत गरी १५ प्रतिशत लाभांश बाँड्न प्रस्ताव गरेको छ ।

संस्थाले लघुवित्तको मूल मर्म, भावना र सिद्धान्तअनुरूप देशको ७४ जिल्लाका एक सय ९६ शाखामार्फत दुई लाख २२ हजार घरपरिवारलाई वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाले प्रत्यक्ष रूपमा आठ सयजना कर्मचारीलाई रोजगारी दिएको छ । 

संस्थाले आफ्ना सेवाग्राही सदस्यलाई सामाजिक तथा आर्थिक उत्थानका लागि वित्तीय साक्षरता, व्यावसायिक सीपमूलक तालिम, सामाजिक क्रियाकलाप र दैवीप्रकोप उद्धार कार्यक्रम गर्दै आएको छ । संस्थाले आगामी दिनमा डिजिटलाइजेसन सेवामा व्यापक रूपमा सञ्चालन गर्ने र स्थानीय निकायसँग सहकार्य गरी सीपमूलक तथा व्यावसायिक, लघुउद्यमशीलता सदस्यले उत्पादन गरेको वस्तुको बजारीकरण गरी व्यावसायिकता प्रवर्द्धनन गर्ने र देशका सबै स्थानीय निकाय, वडा कार्यालयमा सेवा विस्तारको पहुँच पुर्‍याउने रणनीति संस्थाले लिएको छ ।