१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ४ शुक्रबार १८:१७:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सुन्दर जोशीको दोस्रो कथासंग्रह बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार १८:१७:oo

आख्यानकार सुन्दर जोशीको दोस्रो कथासंग्रह बजारमा आएको छ।

ललितपुरमा एक विशेष समारोहबीच समाजशास्त्री डा. गणेश गुरुङ, कविद्वय मञ्जुल र तुलसी दिवस, आख्यानकार नयनराज पाण्डे, फिल्म निर्देशकद्वय नवीन सुब्बा र प्रकाश सायमी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र लेखक वासु श्रेष्ठले कथासंग्रह ‘अर्मानी लगाउने भाइ’ लोकार्पण गरेका हुन्। 

कार्यक्रममा जोशीले १२ वर्षको अन्तरालमा भए पनि दोस्रो कृति ल्याउन पाउँदा खुसी लागेको बताए। उनको यसअघि ‘क्यासल रककी अप्सरा’ कथाकृति प्रकाशित भएको थियो।

आख्यानकार पाण्डेले जोशीका सिर्जनाहरू पढ्दा आफूलाई ऊर्जा मिल्नुका साथै इर्ष्या पनि लाग्ने गरेको सुनाए। उनले थपे, ‘अमेरिका बस्दै आउनुभएका सुन्दरजीका सिर्जनाहरू खास अर्थमा डायस्पोरिक छन्, विदेशमै बसोवास गर्ने नेपालीका कथा भएकाले ।’

समारोहमा लेखकहरू गणेश रसिक, श्रीओम श्रेष्ठ रोदन, दिव्य गिरी, प्रद्युम्न जोशी, सुस्मिता नेपाल, कुमार नगरकोटी, प्रकाश सुवेदी, विमल भौकाजी, संगीतकर्मीहरू आभास, न्ह्यू बज्राचार्य, योगेश्वर अमात्य, वाणिका प्रधानको समेत उपस्थिति थियो। भुँडी पुराणद्वारा प्रकाशित कथासंग्रहमा नौवटा कथा छन्।