मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजदेखि भैरहवामा ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन– २०८०’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५४:oo

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज शुक्रबारदेखि भैरहवामा ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन– २०८०’ सुरु हुने भएको छ । आयोजकले सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा ७७ वटै जिल्लाका करिब दुई सय ५० देखि तीन सयजना महिला उद्यमीको सहभागिता रहने उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले बताइन् । महिला उद्यमीको विकास, विस्तार एवं प्रवद्र्धनका साथै महिला सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको उनको भनाइ थियो । 

शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौती, युवा महिला–स्टार्टअपका लागि गरिएका पहल र भएका व्यवस्थालगायतका पाँच विषयमा विज्ञसँग छुट्टाछुट्टै छलफल हुने जनाइएको छ । श्रेष्ठले भनिन्, ‘नेपालको जनसंख्याको करिब आधा शक्ति रहेका महिलाको अर्थतन्त्रमा योगदान अनौपचारिक माध्यमबाट बढी रहँदारहँदै पनि ग्रामीण वा औपचारिक अर्थतन्त्रमा विद्यमान रहेको न्यून प्रतिशतको हिस्सालाई महिला उद्यमीका रूपमा प्रोत्साहन गरी व्यापक रूपमा महिलाले अर्थतन्त्रमा पनि योगदान पुर्‍याउन यो राष्ट्रिय महिला उद्यमी सम्मेलनले महत्वपूर्ण योगदान पुग्नेमा विश्वास लिएका छौँ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्यमा सम्मलेन आयोजना गर्न लागिएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने सम्मेलनमा संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय, प्रदेशस्तरीय, स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि एवं सम्बन्धित विज्ञको उपस्थिति रहने जनाइएको छ ।