मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
प्यालेस्टाइनको रफाह सहरमा खानाका लागि लाइन लागेका मानिसहरु । तस्बिर : राेयटर्स
रासस जेरुसेलम
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कायरो बैठकमा हमासबाट कुनै नयाँ प्रस्ताव नआएको इजरायलको स्पष्टोक्ति

Read Time : < 1 मिनेट
रासस, जेरुसेलम
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

इजरायलले कतार, इजिप्ट र अमेरिकी वार्ताकारहरूले भाग लिएको कायरो बैठकमा युद्धविराम तथा बन्धकमुक्तिको सम्झौताका लागि हमासद्वारा कुनै नयाँ प्रस्तावहरू नआएको जनाएको छ। 

इजरायलले बन्धकहरूको रिहाइका लागि हमासबाट कुनै नयाँ प्रस्ताव प्राप्त नगरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबारको बैठकमा बताएका उनको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकमा इजरायलका गुप्तचर सेवा (मोसाद) प्रमुखले पनि भाग लिएका थिए। कार्यालयका अनुसार इजरायलले हमासको अपमानजनक मागहरू नमान्ने कुरामा नेतन्याहुको जोड रहेको छ। हमासको स्थितिमा परिवर्तनले वार्तामा प्रगति गर्न अनुमति दिने बताइएको छ।

यसअघि बुधबार, अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमबाट विवरणहरूले कुनै सफलता हासिल नभएको, तर वार्ता सकारात्मक रहेको बताइएको थियो। प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले बन्धकहरूको रिहाइको बदलामा युद्धको अन्त्यको माग गरिरहेको छ। इजरायल भने सीमित समयको युद्धविराममा मात्र सहमत छ।

दुवै पक्ष सम्झौतामा प्यालेस्टिनी कैदीहरूको रिहाइ समावेश गर्न इच्छुक छन्, तर रिहा गरिने कैदीहरूको संख्यामा भने असहमति कायम छ। गाजामा करिब २८ हजार पाँच सय ७६  प्यालेस्टिनीसहित एक हजार चार सय  इजरायलीको ज्यान लिएको एक सय ३१ दिन पुगिसकेको युद्ध अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय आह्वानको बीचमा यो बैठक भएको हो।