मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानी सम्मेलनमा सहभागी हुन महासंघ अध्यक्ष ढकालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२७:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादनलगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । युएईको दुबईमा आयोजित वर्ल्ड गभर्मेन्ट्स समिटमा नेपालबाट निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले पूर्वाधारमा लगानीका लागि आह्वान गरेका हुन् । उनले सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको जानकारी गराए । 

‘नेपाल सरकारले यही अप्रिल २८–२९ मा आयोजना गर्न लागेको नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने, ‘यसका साथै विभिन्न सम्भावित साझेदार मुलुकसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ । यसले दुई देशबीच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ ।’ उनले यसको सदुपयोग गर्न लगानी सम्मेलन २०२४ मा सहभागी हुन र यसको फाइदा लिनसमेत आग्रह गरे ।

सेपिङ फ्युचर गभर्नमेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनीतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ ।  शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाबारेमा पनि चर्चा गरे ।