१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पाँचपोखरी टी–२० क्रिकेट १२ फागुनदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:२३:oo

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण १२ देखि १९ फागुनसम्म सञ्चालन हुने भएको छ। 

सिन्धुपाल्चोकको पाँचपोखरी थांपालधाप गाउँपालिका र खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता मूलपानीको तल्लो क्रिकेट मैदानमा हुने भएको छ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका आठ टोलीको सहभागिता रहनेछ। आयोजकका अनुसार सहभागी टोलीमा सिन्धुपाल्चोक जिल्लावासी मात्र सहभागी हुन पाउनेछन्। 

सहभागी टोलीले यस वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताको उमेर समूह तथा राष्ट्रिय टोलीबाट खेलिसकेका एक खेलाडीलाई राख्न पाउनेछन्। 

प्रतियोगिताको सुरुवाती तीन संस्करण पाँचपोखरी थांपाल गाउँपालिकाकै खेलमैदान तथा पछिल्ला दुई संस्करण मूलपानी भएको थियो। प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितोको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउन्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै, ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिसिए) ले सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको आयोजना बताएको छ।

ad
ad