१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विकल र सुनीललाई थप १० दिन थुनामा राख्न अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:o४:oo

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध–निर्देशक सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। 

गत १० माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनीललाई पक्राउ गरेको थियो। उनीहरूलाई अकुत सम्पत्ति आर्जनको अनुसन्धान गर्न आयोगले बयानका लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए। त्यसपछि उनीहरू पक्राउ परेका हुन्। 

ad
ad