१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
दीपेश पछाई लुम्बिनी
Invalid date format १३:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापति लामिछानेकाे नेतृत्वमा रास्वपाकाे लुम्बिनी पैदलयात्रा 

Read Time : < 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
Invalid date format १३:५७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय गौरवका योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन दबाब दिने उद्देश्यले बुधबार लुम्बिनीमा पैदलयात्रा गरेको छ। 

राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि पैदल यात्रा गरेको पार्टीका सिद्धार्थनगर समिति संयोजक पर्शुराम पराजुलीले जानकारी दिए।

लुम्बिनीवरिपरिको करिब १० किलाेमिटर पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब दिन पार्टी सभापति रवि लामिछानेसहित कार्यकर्ताले  पैदलयात्रा गरेका हुन्।

लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणधीन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनपछि दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवारचाेकसम्म पैदलयात्रा गरेका थिए।

महिलवारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि वहानामा ढिलाइ गर्ने छुट नरहेको बताए।

उनले गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफूहरूले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दबाब दिने र समाधानपत्र सरकारलाई बुझाउने बताए।

रास्वपाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिनसमेत आग्रह गरेको छ। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले मायादेवी मन्दिरअगाडि परेवा उडाए भने नवनिर्मित दियो बाल्ने सेडमा दीप प्रज्वलन गरेका थिए।

यसैबीच लामिछानेले लुम्बिनी सांस्कृतिक नगरपालिकाको पार्टी र सिद्धार्थनगर नगर कार्यालयको उद्घाटनसमेत गरेका छन्।