१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नवराज पनेरू डडेल्धुरा
२o८१ जेठ ३ बिहीबार १३:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी एमएलटी कक्षा सञ्चालन

Read Time : < 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:३२:oo

डडेल्धुरा मेडिकल कलेजमा कक्षा सञ्चालन भएको छ। सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको मेडिकल कलेजमा आजदेखि पढाइ सुरु भएको हो। 

कलेजले बिएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले जानकारी दिए। १० जनाको कोटा पाएकोमा अहिलेसम्म आठजना विद्यार्थी भर्ना भएर पढाइ सुरु भएको उनले जानकारी दिए।

‘विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सातजना विद्यार्थी भर्ना भएसँगै कक्षा सञ्चालन भएको हो,’ उनले भने, ‘एकजना थप शुल्क तिरेर पढ्ने विद्यार्थी पनि भर्ना भएका छन्।’ 

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले पढाइ सुरु गर्नुअघि विद्यार्थीलाई अभिमुखीकरण पनि गरिएको जानकारी दिए। उनका अनुसार सोही कार्यक्रममा मेडिकल कलेजका अध्यापक र अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत पनि गरिएको छ।

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने घोषणा गरेपछि पाँचवटा विषयको अध्यापन अनुमति मागिएको थियो। तर, चिकित्सा शिक्षा आयोगले यस वर्ष भने बिएस्सी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो।

एमबिबिएसको पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ। अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ। तत्काल तीन सय शय्यामा अस्पताल स्तरोन्नति भए ०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सकिने बताइएको छ।

 

ad
ad