Skip This
गुल्मीमा साढे १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Saturday, 27 July, 2024
२o८o माघ २९ सोमबार १३:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा साढे १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार १३:o६:oo

गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच वर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकालाई खोप लगाइनेछ।

जिल्लाको मुसिकोट नगरपालिका तथा इस्मा, मालिका, धुर्कोट र मदाने गाउँपालिकामा फागुन १६ देखि २० गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए।

त्यस्तै, फागुन २१ देखि २५ गतेसम्म रेसुंगा नगरपालिका तथा गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र, सत्यवती, चन्द्रकोट र कालीगण्डकी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ। जिल्लाका तीन सय ३० नियमित खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य अधिकृत आचार्यले बताए। बालकालिकाको संख्याको आधारमा सात खोप केन्द्र थप हुँदै छन्।

खोप अभियानका लागि जिल्लाभर तीन सय ३७ स्वास्थ्यकर्मी, ६ सय ७४ स्वयंसेवक र १२ जनाले एइएफआईको अनुगमन गर्ने चिकित्सकको टोली रहने आचार्यले बताए। यसबाहेक जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरूबाट अभियानको अनुगमन तथा निरीक्षण हुनेछ । अभियान सफल बनाउन स्वास्थ्य कार्यालय गुल्मीले अभियानमा सहभागी हुने पालिका र वडा खोप समन्वय समिति, पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख तथा खोप कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, जिल्लास्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालासँग छलफल र अन्तर्क्रिया गरिसकेको छ।

गत वर्ष पनि नेपालमा दादुराको प्रकोप भएको थियो। लुम्बिनी प्रदेशका अर्घाखाँची, दाङ, बाँके, बर्दिया र कपिलवस्तुसहित १९ जिल्लामा दादुराको प्रकोप देखिएको थियो। अर्घाखाँचीमा ११, दाङमा ३९, बर्दिया ७२, बाँकेमा तीन सय २९ र कपिलवस्तुमा २३ जना दादुराका बिरामी फेला परेका थिए। गत वर्ष नेपालमा एक हजार तीन सय ४९ जनामा दादुरा संक्रमण पुष्टि भएपछि खोप अभियानको सुरुवात गरिएको हो।

बाँके जिल्लाबाट प्रकोप फैलिएर देशभर भएको र सन् २०२६ सम्म दादुरा निवारण गर्न यो अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीका वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले बताइन्। थापाले ०४५ सालबाट खोप सुरु भएको र हालसम्म कुनै जटिल समस्या नदेखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरिन्। स्वास्थ्य कार्यालय गुल्मीले फागुन ११ र १२ गतेदेखि व्यापक प्रचार गर्ने योजना निर्माण गरेको छ।

जिल्लास्तरिय खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले कोल्चेन व्यवस्थापनमा जोड दिँदै अभियानमा सहभागी र सहयोगी बन्न सबै पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई आग्रह गरे। यो अभियानमा जिल्लाका ठूला विकास निर्माण भइरहेका स्थलहरूमा रहेका बालबालिकाको तथ्यांक यकिन गरेर अभियानमा पूर्णतया समाहित गर्ने योजना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।