१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामान्य विवादमा कटुवा पेस्तोल भेटिएपछि युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

सामान्य विवादको क्रममा संलग्न युवकले शरीरमा लुकाएर राखेको कटुवा पेस्तोल भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। 

सिराहा नगरपालिका– ७ सलहेश मन्दिर क्षेत्रमा डेरामा बस्दै आएका दाजुबहिनीको डेरामा पुगेर विवाद गरिरहेका औरही गाउँपालिका– ४ इँटाटारका २० वर्षीय सरोजकुमार यादवलाई कटुवा पेस्तोलसहित पक्राउ गरी हातहतियारसम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार यादवलाई औरही– ३ का २२ वर्षीय सञ्जितकुमार यादवको डेरामा विवाद गरिरहेको अवस्थामा कटुवा पेस्तोलसहित पक्राउ गरिएको हाे। 

‘रातको समयमा अर्काको डेरामा विवाद गरिरहेको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले सरोजलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा कटुवा पेस्तोल भटिएको हो,’ उनले भने, ‘त्यसलगत्तै उनलाई पक्राउ गरी आइतबार सिराहा जिल्ला अदालतबाट हातहतियारसम्बन्धी मुद्दामा सात दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ।’