१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आज बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:४२:oo

अर्थ मन्त्रालयले सोमबार बजेटको अर्धवार्षिक समीक्षा सार्र्वजनिक गर्ने भएको छ । चालू आर्थिक वर्षको आय–व्ययको नयाँ अनुमानसहित समीक्षा गर्न लागेको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए । उनले भने, ‘प्रत्येक आर्थिक वर्षको ६ महिना बितेपछि अर्धवार्षिक समीक्षा गर्ने प्रचलनलाई निरन्तरता दिन खोजिएको हो ।’ गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पहिलोपटक संघीय संसद्मै पेस गरिएको थियो ।

धनीराम शर्मा प्रवक्ता, अर्थ मन्त्रालय
प्रत्येक आर्थिक वर्षको ६ महिना बितेपछि अर्धवार्षिक समीक्षा गर्ने प्रचलनलाई निरन्तरता दिन खोजिएको हो ।

त्यसो त संसद्मा यस्तो समीक्षा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था भने छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम प्रत्येक आर्थिक वर्षको माघ मसान्तभित्र अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । सोही आधारमा यो सार्वजनिक गर्ने म्याद सोमबार नै अन्तिम दिन रहेको प्रवक्ता शर्माको भनाइ छ । मन्त्रालयले सोमबार दिउँसो ३ बजेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

सामान्यतया सरकारले ल्याउने वार्षिक खर्च र स्रोतको अनुमान अर्धवार्षिक समीक्षामार्फत संशोधन हुने गरेको छ । यसपालि पनि सरकारले चालू आर्थिक वर्षको आय–व्ययको अनुमान घटाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । मूल्यांकन प्रतिवेदनमा राजस्व, खर्च, वैदेशिक अनुदान तथा ऋणको अनुमान, प्राप्ति तथा परिचालनको यथार्थ विवरण, सरकारको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र सरकारको नीति तथा बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयनको अवस्था उल्लेख गर्ने व्यवस्था छ । 

अरू मन्त्रालयहरूले तयार गरेको आफ्नो मन्त्रालय र मातहतका कार्यालयको बजेट तथा कार्यक्रम मूल्यांकन प्रतिवेदन अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने मितिभन्दा कम्तीमा १५ दिनअगावै तयार गरी पठाउन उल्लेख छ । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसका लागि १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख राजस्व उठाउने लक्ष्य राखिएको छ । ६ महिना बित्दा सरकारले ३२.३५% खर्च भएको छ भने ३४.९% राजस्व संकलन भएको छ । 

ad
ad