Skip This
प्रधानमन्त्रीमा अटलको चयनले घट्नेछैन म्याक्रोंको समस्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Saturday, 27 July, 2024
२o८o माघ २९ सोमबार o७:४५:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

प्रधानमन्त्रीमा अटलको चयनले घट्नेछैन म्याक्रोंको समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार o७:४५:oo

आधुनिक फ्रान्सेली राष्ट्रपतिहरूले एक विशेष संवैधानिक लाभ पाएका छन्– आवश्यकता पर्दा तिनले आफ्ना प्रधानमन्त्रीलाई पदमुक्त गर्न सक्छन् ।  तसर्थ, प्रधानमन्त्रीमा नियुक्ति भएको करिब १८ महिना मै एलिजाबेथ बोर्नलाई पदच्युत गर्ने जनवरी ८ को इमानुएल म्याक्रोँको निर्णय अचानक भए पनि आश्चयर्जनक थिएन । अझ धैरै अकस्मात् ३४ वर्षीय शिक्षामन्त्री गेब्रियल अटललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने निर्णय थियो ।

जनवरी ९ मा घोषणा भएको अटलको चयन म्याक्रोँको आफ्नो समस्याग्रस्त दोस्रो कार्यकाल पुनः व्यवस्थापन गर्ने प्रयास हो । याटाल साहसी नेता हुन्, जो जोखिम बोक्न डराउदैनन् । अटल म्याक्रोँभन्दा कान्छा छन् । म्याक्रोँले सन् २०१७ मा पहिलोपटक राष्ट्रपतिको चुनाव जित्दा ३९ वर्षका थिए । याटालअघिका देशका सबैभन्दा कान्छो प्रधानमन्त्री लरेन्ट फाबियस प्रधानमन्त्री मनोनीत हुँदा ३७ वर्षका थिए । जुनमा युरोपेली संसद्को चुनावमा अग्रस्थान हासिल गर्ने भनिएको मरिन ल पेनको कट्टर दक्षिणपन्थी नेसनल र्‍याली पार्टी नेतृत्व जोर्डन बर्डेलालाई दिइएको छ, जो २८ वर्षका छन् । यो फ्रान्सेली राजनीतिको रूपान्तरणको समय हो ।

राष्ट्रपति म्याक्रोँ र अटलको उमेर जोड्दा पनि अमेरिकाका राष्ट्रपति जो बाइडेनभन्दा कम हुन्छ । अटल युवा हुन् तर अनुभवहीन होइनन्, भलै उनको राजनीतिक आरोहण छोटो र द्रुत रह्यो । अटल छोटो समयका लागि बजेटमन्त्री भए । उनी सरकारी प्रवक्ता थिए । समलिंगी अटलले सन् २०१८ मा आफ्नो लैंगिक पहिचान सार्वजनिक गरेका थिए । राजनीतिक रूपमा अटल एक प्रकारका मिनी–म्याक्रोँ हुन् । प्रारम्भिक समयमा उनी म्याक्रोँको मूल राजनीतिक दल ‘एन मार्चे’मा आबद्ध थिए । आफ्नो राजनीतिक गुरु म्याक्रोँजस्तै अटल मध्यम सामाजिक–लोकतान्त्रिक वामपन्थीबाट प्रतिनिधित्व गर्छन् । उनले तत्कालीन समाजवादी राष्ट्रपति फ्रान्कोइस होलान्डेको नेतृत्वमा स्वास्थ्यमन्त्रीको सल्लाहकारको रूपमा काम गरे । आफ्नो प्रारम्भिक दिनमा म्याक्रोँजस्तै अटल यसलाई राजनीतिक अधिकारका लागि एउटा आह्वानसँग जोड्छन् । शिक्षामन्त्रीका रूपमा अटलले फ्रान्सेली धर्मनिरपेक्ष नियमअन्तर्गत स्कुलमा बुर्कामाथि प्रतिबन्ध लगाएकोमा प्रशंसा कमाए ।

सबैभन्दा महत्वपूर्ण त अटल लोकप्रिय छन्, जुन म्याक्रोँको वर्तमान टोलीमा अभाव छ । डिसेम्बरमा भएको सर्वेक्षणले ४० प्रतिशत अनुमोदन दरका साथ अटललाई सबैभन्दा लोकप्रिय फ्रान्सेली राजनीतिज्ञ बनायो, जुन म्याक्रोँभन्दा १३ अंकले माथि हो । उनको लोकप्रियता ल पेन र बर्डेलाभन्दा माथि थियो । अटलको मनोनयनपछि लिइएको संक्षिप्त सर्वेक्षणमा उनको अनुमोदन दर ५६ प्रतिशतमा पुगेको थियो । यसले युरोपेली चुनावअघि उनका मतदातामाझ केही उत्साह थप्ने र नेसनल र्‍यालीको चुनावी अग्रताको प्रक्षेपणलाई घटाउन मद्दत गर्ने राष्ट्रपतिको अपेक्षा छ । यो अभियान आगामी राजनीतिक पुस्ताको प्रतिनिधित्व गर्ने जोडी अटल र बर्डेलाबीचको द्वन्द्वमा परिणत हुन सक्छ ।

यद्यपि, युवा जोस र सार्वजनिक आकर्षणको कुनै पनि मात्राले फ्रान्सलाई कसरी सुधार गर्ने र अल्पसंख्यक सरकार चलाउँदा कसरी कठिन निर्णय लिनेजस्ता म्याक्रोँका समस्या परिवर्तन हुदैंन । न त अटलको मनोनयनले कुनै पनि विपक्षी दलसँग गठबन्धन सहज बनाउनेछ । यो कुरा वामपन्थी विपक्षी पार्टी अनसम्मिसिभ फ्रान्सका नेता जिन–लुक मेलेनचोनको व्यंग्यले नै संकेत गर्छ जसले अटलको चयन पछि भनेका थिए ,‘ राष्ट्रपति आफ्नो अदालतमा एक्लै शासन गर्छन् ।’

अनियन्त्रित विरोधका बाबजुद लगनशील बोर्नले उनले सक्ने जति काम गरिन् । तर, राष्ट्रपति विगतको अध्यागमन विधेयकलाई लिएर विरोध प्रदर्शन, ग्रीष्मकालीन दंगा र संसदीय अराजकताले अंकित कठिन वर्षको पृष्ठ पल्टाउन चाहन्छन् । सन् २०२७ को तेस्रो कार्यकालका लागि संविधानले रोकेकाले म्याक्रोँ आफ्नो उत्तराधिकारीबारे सोचिरहेका छन् । 

द इकोनोमिस्टबाट