मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format १८:५३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘चियासँग कविता’मा सुनिइन् शान्ति प्रियवन्दना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५३:oo

‘चियासँग कविता’ शृंखलामा हेटौँडाकी कवि शान्ति प्रियवन्दना सुनिएकी छिन्। शनिबार चितवनमा सम्पन्न ‘चियासँग कविता’को ५०औँ शृंखलामा प्रियवन्दनाले कविता सुनाएकी हुन्।

कवि प्रियवन्दनाले ‘समय’ शीर्षकको कविता सुनाएर कार्यक्रमको सुरुवात गरिन्। समयले मान्छेहरूलाई धेरै कुरा सिकाएको हुन्छ। समयसँग खेलबाड गर्नेहरूलाई समयले पनि खेलबाड गर्छ भन्ने भाव उनले कवितामा उतारेकी थिइन्।

कार्यक्रममा कविले एक दर्जन कविता सुनाएकी थिइन्। बोनस कविताका रूपमा उनले आफ्नो कवितासंग्रह ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’बाट थप एउटा कविता सुनाइन्।

वाचन गरिएका कवितामाथि ईश्वर कँडेल, उदय अधिकारी, डा. एकनारायण पौड्याल, नमुना शर्मा र कपिल अज्ञातले समीक्षात्मक टिप्पणी राखेका थिए।

चियासँग कविताको पहिलो शृंखला १५ साउन २०७३ मा सुरु भएको थियो। सो शृंखलामा वरिष्ठ कवि गोविन्दराज विनोदीले कविता सुनाएका थिए। त्यसपछि निरन्तर चलिरहेको शृंखला बीचमा कोभिडका कारण रोकिएको थियो। अवस्था सहज भएसँगै शृंखलाले पुनः निरन्तरता पाएको छ।

‘अहिले अवस्था सहज भएकाले अबका दिनमा चियासँग कविता शृंखलालाई नियमित लैजाने भएका छौँ,’ कवि एवं शृंखलाका सदस्य भूपिनले भने।