मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
तस्बिर : सिन्ह्वा
रासस बेइजिङ
Invalid date format १६:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनको ग्यास खपत ७.६ प्रतिशतले बढ्यो

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
Invalid date format १६:५४:oo

चीनको हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ।

राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष प्राकृतिक ग्यासको खपत ७.६ प्रतिशतले बढेर तीन खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको थियो।

सन् २०२३ को डिसेम्बरमा प्राकृतिक ग्यासको खपत सन् २०२२ को सोही अवधिको तुलनामा ९.५ प्रतिशतले वृद्धि भई ३७ अर्ब ६५ करोड घनमिटर पुगेको छ।

चीनले सन् २०२३ मा २२९.७ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ, जुन सन् २०२२ को तुलनामा ५.८ प्रतिशतले बढी हो।