Skip This
लगातार दोस्रो जितसँगै नेपाललाई क्यानाडाविरुद्धको शृंखला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २७ शनिबार
  • Saturday, 27 July, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८o माघ २७ शनिबार १६:२८:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

लगातार दोस्रो जितसँगै नेपाललाई क्यानाडाविरुद्धको शृंखला

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २७ शनिबार १६:२८:oo

लगातार दोस्रो जितसँगै घरेलु टोली नेपालले क्यानाडाविरुद्ध तीन खेलको शृंखला एक खेलअघि नै जितेको छ। कप्तान रोहितकुमार पौडेल, देव खनालअनिलकुमार शाहको अर्धशतक प्रेरित नेपालले दोस्रो खेलमा क्यानाडालाई ४ विकेटले हराएको हो।

योसँगै नेपालले तीन खेलको शृंखला २–० ले अग्रता बनाएकाे छ। अन्तिम खेल सोमबार हुनेछ। क्यानाडाविरुद्धको पहिलो खेल नेपालले ७ रनले जितेको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका तीन खेलाडीले अर्धशतक बनाएकाे खेलमा कप्तान रोहित र देवले शतकीय साझेदारी गरे। ओपनर अनिलकुमार शाहले कीर्तिमानी अर्धशतक बनाए।

नेपालको इनिङ्समा कप्तान रोहितले सर्वाधिक ८७ रन बनाए। १०१ बलमा आठ चौका र चार छक्का हिर्काएका रोहितलाई कप्तान साद बिन जहादले विकेटकिपर मोभाबाट क्याच गराएका हुन्।

चौथो नम्बरमा क्रिजमा पुगेका देवले ७६ रन बनाए। उनले ८१ बलमा सात चौका र दुई छक्का हिर्काए। देव र रोहितले तेस्रो विकेटको लागि एक सय ५० रनको साझेदारी गरे। नेपाल यु–१९ टोलीका कप्तानसमेत रहेका देवले आफ्नो करियरको तेस्रो अर्धशतक बनाएका हुन्।

अनिलले १९ बलमा कीर्तिमानी ५० रन बनाएका हुन्। २०औँ बलमा भने अनिललाई सोहीले एलबिडब्लु धरापमा पारे। आसिफ शेखले २१ बलमा बनाएको अर्धशतकको कीर्तिमान अनिलले तोडेका छन्। कुशल भुर्तेलको स्थानमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका उनले पहिलो खेलमै आफ्नो प्रभाव देखाएका हुन् ।

२५ वर्षीय अनिलको एकदिवसीयमा पहिलो अर्धशतक हाे। उनले हालसम्म राष्ट्रिय टोलीबाट चार खेल खेलेका छन्। अनिल र आसिफले २६ बलमा ५० रनको साझेदारी गरेका थिए। आसिफ १० रन बनाएर आउट भए।

पाँचौँ नम्बर क्रिजमा पुगेका भीम सार्कीले २१ बलमा २३ रनको योगदान गरे। पवन सरार्फले १४ रन बनाए। कमब्याकपछि उनकाे दुवै इनिङ्सको ब्याटिङ प्रदर्शन भने राम्रो हुन सकेन। 

क्यानाडाको लागि हर्ष थाकर र ईश्वरजोत सोहीले समान दुई विकेट लिए। कप्तान साद र दिलप्रीत बज्वाले समान एक विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको हो। नेपाली तीव्र गतिका बलर चल्न नसकेको फाइदा क्यानाडाले पहिलो पावर प्लेमा लिएको थियो। आरोन जनसन र नभनित धालिवालीले पहिलो विकेटको लागि ९४ रनको साझेदारी गरेपछि क्यानाडा बलिलो स्कोर खडा गर्न सफल भएको थियो। 

आरोनले ६२ बलमा सर्वाधिक ६५ रन बनाए। १० चौका र दुई छक्का प्रहार गरेका आरोपनलाई भीम सार्कीबाट आसिफ शेखले रनआउट गराए। नभनितले ६० बलमा ४६ रनको योगदान गरे। आठ चौका प्रहार गरेका नभनितलाई आकाश चन्दले आसिफ शेखबाट क्याचआउट गराएका हुन्। आकाशको यो डेब्यु विकेट हो।
 
तेस्रो नम्बर क्रिजमा आएका पर्गत सिंहलाई कप्तान रोहितकुमार पौडेलले ३८रन बनाउँदा सोमपाल कामीबाट क्याच गराएका थिए। निकोलस किर्टनलाई २० रन बनाउन रोहितले आसिफबाट क्याच गराएका हुन्। रोहितते लगातार यो दुई विकेट लिएपछि क्यानाडाको आक्रामक इनिङ्स सुस्ताएको थियो। निकोसल र पर्गतले ५३ रनको दोस्रो ठूलो साझेदारी गरेका हुन्। 

श्रेयस मोभाले ४० रन बनाएर आउट भए। कुशल मल्लले कप्तान साद विन जफरलाई १ रनमा आउट गरेका थिए। पवन सरार्फले साहिद अहमानजाईलाई १३ रनमा आउट गरे। तर, आठौँ विकेटको लागि श्रेयस र उदल भगवानले बलियो साझेदारी गरेका थिए। उदयले २० रन बनाए। 

नेपालको लागि कप्तान रोहित र कुशलले समान दुई विकेट लिए। सूर्य तामाङसँगै डेब्यु खेलाडी आकाश र पवनले समान एक किकेट लिएका हुन्। तीव्र गतिकाे बलमा सोमपालले एक विकेट मात्रै लिए।  रिजन ढकाल विकेटविहीन रहे। 

दोस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ। आकाश चन्दले डेब्यु गरेका छन्। अनिल शाह र देव खनालले पुनरागमन गरेका छन्। कुशल भुर्तेल बेन्चमा रहे। डेब्युसँगै रिजन ढकाल र सूर्य तामाङले दोस्रो खेलमा पनि अवसर पाएका छन्।