१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
इ–भिसा प्रणालीको उद्घाटन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ
टेकराज थामी काठमाडाैं
Invalid date format o६:३o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इ–भिसा सुरु : नेपाल आउन चाहने विदेशीले अब अनलाइनबाटै भिसा लिन सक्ने

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३o:oo

नेपाल आउन चाहने विदेशी नागरिकले अब संसारको जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका छन् । अध्यागमन विभागले ‘इ–भिसा’ प्रणाली लागू गरेपछि नेपाल आउन चाहने विदेशी नागरिकले जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका हुन् ।

विभागले शुक्रबारबाट इ–भिसा प्रणाली कार्यान्वयनमा ल्याएको छ, जसलाई विभागले इटिए (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन) भनेको छ । यो इ–भिसाको पूर्वअभ्यास हो । विदेशबाट पनि भिसाबापतको शुल्क भुक्तानी गर्न सक्ने प्रणाली विकास गरिएपछि यसलाई इ–भिसा नै भनिनेछ । 

जहाँबाट पनि भिसाबापतको शुल्क भुक्तानी गर्न मिल्ने गराउन सुरुमा नेपाल सरकारले डलर खाता खोल्नुपर्नेछ । विभागका अनुसार आगामी चैत मसान्तभित्र डलर खाता खोलिसकिनेछ । र, विदेशी नागरिकले जुनसुकै कुनाबाट भिसाबापतको भुक्तानी गर्न सक्नेछन् । हाल विदेशी नागरिकले भिसाबापतको शुल्क नेपाली बैंकिङ प्रणालीबाट नै भुक्तानी गर्नुपर्नेछ ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले नेपाल आउन चाहने विदेशी नागरिकले संसारको जुनसुकै कुनाबाट भिसा लिन सक्ने बताए । ‘इ–भिसा प्रणालीको सुरुवात भएको छ । नेपाल आउन चाहने विदेशी नागरिकले संसारको जुनसुकै कुनाबाट अब भिसा लिन सक्ने भएका छन्,’ उनले भने, ‘डलर खाता नभएसम्म भिसाबापतको शुल्क भने नेपाली बैंकिङ प्रणालीबाट नै भुक्तानी गर्नुपर्नेछ । खाता खोलिएपछि संसारको जुनसुकै बैंकबाट भिसाबापतको शुल्क भुक्तानी गर्न सकिनेछ ।’

विभागका अनुसार नेपालको भिसा लिन चाहने विदेशी नागरिकले संसारको जुनसुकै कुनाबाट नेपालको भिसा ‘अप्लाई’ गर्न सक्छ । भिसा ‘अप्रुभ’ भएपछि सम्बन्धित नागरिकको इमेलमा नोटिफिकेसनसहितको ‘क्युआर कोड’ जान्छ । सोही कोडमार्फत उसले भिसा शुल्क भुक्तानी गर्छ । हालका लागि शुल्क नेपाली बैंकिङ प्रणालीबाट मात्रै भुक्तानी गर्न सकिनेछ । शुल्क भुक्तानीपछि ऊ नेपाल आउँछ । विमानस्थलस्थित अध्यागमनको डेक्समा पुगेर पासपोर्टमा भिसा टाँस्छ । र, गन्तव्यतर्फ लाग्छ । 

विभागका महानिर्देशक तामाङले नेपाल सरकारबाट राजस्व संकलन गर्ने डलर खाता सञ्चालनमा आएपछि संसारको जुनसुकै बैंकबाट पनि भिसाबापतको शुल्क भुक्तानी गर्न सकिने बताए । ‘प्रणाली विकास गरिसकेका छौँ । तर, राजस्व संकलन गर्न सरकारले डलर खाता खोलेको छैन,’ उनले भने, ‘डलर खाता सञ्चालनमा आएपछि संसारको सबै बैंकबाट शुल्क भुक्तानी गर्न सकिनेछ ।’

यसअघि विभागले नेपाल बसेका विदेशी नागरिकले १० मिनेटभित्रै भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमति लिन सक्ने ‘अटोमेसन’ प्रणाली महिना दिनअघिबाटै कार्यान्वयनमा ल्याएको छ । 

रुद्रसिंह तामाङ
महानिर्देशक, अध्यागमन विभाग

इ–भिसा प्रणालीको सुरुवात भएको छ । नेपाल आउन चाहने विदेशी नागरिकले संसारको जुनसुकै कुनाबाट अब भिसा लिन सक्ने भएका छन् । डलर खाता नभएसम्म भिसाबापतको शुल्क भने नेपाली बैंकिङ प्रणालीबाट नै भुक्तानी गर्नुपर्नेछ । खाता खोलिएपछि संसारको जुनसुकै बैंकबाट भिसाबापतको शुल्क भुक्तानी गर्न सकिनेछ ।