Skip This
लागुऔषधसहित युवक पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o माघ २६ शुक्रबार १५:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार १५:४o:oo

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ३ धातीबाट प्रतिबन्धित लागुऔषधसहित सप्तरीको सुरुंगा नगरपालिकाका एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सुरुंगा- ७ हरिपुरका करिब २० वर्षीय रुपेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

प्रहरीका अनुसार बिहीबार अपराह्न भगवानपुर गाउँपालिका– ३ धातीस्थित भित्री सडकखण्डमा कालो प्लास्टिकको झोलामा प्रतिबन्धित लागुऔषधसहित हिँडिरहेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको हो। 

सीमावर्ती प्रहरी चौकी ठाडीबाट खटिएको गस्ती टोलीबाट पक्राउ गरिएका चौधरीले बोकेको झोलामा १७–१७ एम्पुल ब्रोमेथोजिन, बुप्रेनोर्फिन र डाइजिपाम र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित पक्राउ गरिएका उनलाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।