Skip This
महोत्तरीमा ६ महिनामा सवारी दुर्घटनाबाट ३१ ले गुमाए ज्यान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका महोत्तरी
२o८o माघ २६ शुक्रबार o९:oo:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महोत्तरीमा ६ महिनामा सवारी दुर्घटनाबाट ३१ ले गुमाए ज्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार o९:oo:oo

चालू आर्थिक वर्षको पुस मसान्तसम्म महोत्तरीमा ३१ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मधेश प्रदेशभर यस अवधिमा दुई सय ५५ जनाले ज्यान गुमाएका छन् । महोत्तरीको दुई सय ६५ सहित प्रदेशमा भएको कुल चार हजार चार सय ७७ सवारी दुर्घटनामा सो संख्यामा मृत्यु भएको हो ।

मृत्यु हुनेमा महिला र पुरुषसँगै बालबालिकासमेत छन् । ठूला, मझौला र साना सवारीसाधनबाट भएका दुर्घटनाबाट महोत्तरीमा ८४ जना गम्भीर र तीन सय २५ जना सामान्य घाइते भएका छन् । मधेश प्रदेशमा कुल पाँच हजार ६६ जना घाइते भएको तथ्यांक छ ।

ट्राफिक प्रहरीले निरन्तर चेकजाँच, कारबाही र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि दुर्घटनामा भने कमी आउन सकेको छैन । मुख्य तथा भित्री सडकमा समेत ओभर स्पिड तथा मादक पदार्थ सेवनका कारण दुर्घटना हुने संख्या धेरै छ । केही दुर्घटना भने मौसमका कारण भएको देखिन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल दुर्घटनाको संख्या धेरै छ । हेल्मेट नलगाउने, मापसे गरी सवारी चलाउने, एउटै मोटरसाइकलमा तीनदेखि चारजना बस्ने, ओभर स्पिड र सवारीचालक अनुमतिपत्र नभएका बढी दुर्घटनामा परेका उनको भनाइ छ ।