१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५५:oo

पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। सुदूरपश्चिममा जन्मेर नेपाली राजनीति र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै आगामी ३ फागुनमा चन्दलाई अभिनन्दन गर्न लागिएको हो।

अभिनन्दनको तयारीका लागि समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा दुई सय ५१ सदस्यीय नागरिक अभिनन्दन समारोह समिति गठन गरिएको छ। चन्दलाई धनगढीको पार्कमोडदेखि चटकपुरसम्म परम्परागत झाँकीसहित रथारोहण गराएर चटकपुरस्थित सौराई पार्टी प्यालेसमा अभिनन्दन गरिने समितिले जनाएको छ।

समारोह समितिका संयोजक भट्टले राजनीति, साहित्य र प्राज्ञिक क्षेत्रमा पूर्वप्रधानमन्त्री चन्दले पुर्‍याएको उच्च योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको बताए। अभिनन्दनले नयाँ पुस्तालाई अग्रजले गरेको योगदानबारे जानकारी गराई देशको सेवा र साहित्यप्रति अभिप्रेरित गराउने भट्टले बताए।

‘यसै क्षेत्रमा जन्मिएर चारपटक देशको प्रधानमन्त्री बन्नुभएका सालिन, भद्र र निष्कलंक राजनेताको छवि बनाउनुभएको छ। उहाँ नेपाली साहित्यको मुर्धन्य साहित्यकार हो,’ अभिनन्दनबारे जानकारी दिन धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टले भने, ‘उहाँको ८४ औँ वसन्तपूजनको स्वर्णीम अवसर पारेर अभिनन्दन गर्न लागेका हौँ।’

सुदूरपश्चिमको बैतडी जिल्लामा जन्मिएका चन्द चारपटक देशको प्रधानमन्त्री बनेका थिए। मदन पुरस्कार विजेता चन्दका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्।