१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o९:५५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राजस्वको लक्ष्यअनुसार काम गर्न भैरहवा भन्सारलाई अर्थमन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५५:oo

 अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले राजस्वको लक्ष्यअनुसार कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न आग्रहसमेत गरे । 

‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छे हाम्रो राज्य संयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन्,’ उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा. महतले भने, ‘प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरू सन्तुष्ट हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’

भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्न, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्न, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सतर्कताका साथ निरन्तर खबरदारी गर्न कर्मचारीलाई उनको निर्देशन थियो । 

‘कार्यरत कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै वेला सरुवा हुन सक्छ,’ मन्त्री डा. महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’ 

अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका वेला भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै उनले भने, ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन । त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला ।’

चोरी पैठारी रोक्न भन्सार नाकामा खटिने सबै तहबीच एक–अर्काको राम्रो समन्वय हुनुपर्ने अर्थमन्त्रीको जोड थियो । ‘जफत गरेको सामानको लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजस्वबीच समन्वय हुन जरुरी देखिएको छ,’ उनले भने, ‘जाँच पासका लागि प्राविधिक रूपमा के–के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको जानकारी गराउनुहोला । समस्याको सम्बोधन तुरुन्त हुन्छ ।’