१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कानुनमन्त्रीलाई सांसद यादवको प्रश्न- के अब खेतमा क्यासिनो चलाउने?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:४६:oo

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपाल-भारत सीमाभन्दा पाँच किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्ने प्रावधान सच्याउन माग गरेका छन्। 

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकको छलफलमा भाग लिँदै सांसद यादवले सीमाभन्दा ५ किलोमिटरभित्र होटेल रिसोर्टमा क्यासिनो सञ्चालन गर्न पाउने प्रावधान व्यावहारिक नभएको बताए। 

‘मेचीदेखि महाकालीसम्म वीरगन्ज, जनकपुर काँकडभिट्टा, भैरहवा, धनगढीलगायत सीमाको जति सहर छ, त्यो सीमाको एकदेखि तीन किलोमिटरभित्र पर्छ। व्यवसायीहरूले त्यसभित्रमा होटेल, रिसोर्ट बनाउँछ, त्यहाँ क्यासिनोको इजाजत दिन्छ,’ उनले भने, ‘अहिले ५ किलोमिटर प्रावधान राखेर के अब खेतमा क्यासिनो बनाउने, उखुबारीमा क्यासिनो बनाउने, कि जंगलमा गएर क्यासिनो खेल्न जाने र क्यासिनो को खेल्छ, नेपाली खेल्छ कि विदेशी खेल्छ?’

सांसद यादवले कुनै व्यक्तिको लागि ऐन संशोधन गर्न नमिल्ने जिकिर गर्दै पुरानो तीन किलोमिटरको प्रावधान यथावत् राख्न माग गरे।

‘कुन व्यक्तिको फाइदाका लागि यो ऐनमा पाँच किलोमिटर प्रावधान आएको छ, म बुझ्न चाहन्छु,’ उनले सोधे, ‘मलाई यहाँसम्म जानकारी छ कि झापाको विर्तामोडमा फाइभस्टार होटेल बनेको छ, त्यो बोर्डरभन्दा १० किलोभित्र बनेको छ, उसको फाइदाको लागि यो ऐनमा संशोधन गरिएको छ।’ 

व्यक्तिको लागि सारा व्यवसायी, सारा रिपोर्ट व्यवसायीलाई मार्नका लागि यो आएको दाबी गर्दै उनले यो प्रावधान हटाएर पुरानो तीन किलोमिटरको प्रावधान राख्न माग गरे।
 

ad
ad