१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसाको सेटिङ : अध्यागमन अधिकृत खड्कासहित चार जेल चलान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:o९:oo

६ जनालाई धरौटीमा छाड्ने आदेश

भिजिट भिसाको सेटिङमा संलग्न भएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान भएका छन् । संगठित अपराध र किर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई थुनामा पठाएको हो । 

अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङ जेल चलान भएका हुन् । पक्राउ परेका अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ । दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीलाई ७–७ लाख, गीता शाहलाई पाँच लाख, विनोद कार्कीलाई दुई लाख, रविन अर्याल र पदम लामासँग १–१ लाख धरौटी माग भएको थियो । 

प्रहरीले गत बिहीबार सरकारी वकिलमार्फत गत साता २२ जनाविरुद्ध मुद्दा चलाएको थियो । जसमा आठजना अध्यागमन अधिकृतसहित १२ जना फरार छन् । यसमा मुछिएका अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो पनि फरार छन् । बिचौलिया समूहका केदारबहादुर खड्का, कौशिला मगर, लक्ष्मी राई र रिता दमाईं पनि फरार रहेका छन् । 

राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा यातायात कार्यालयका चार प्रमुखसहित १७ जना कर्मचारीले सफाइ पाएका छन् । यातायात व्यवस्था कार्यालय, इटहरीका राजस्व हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले मंगलबार सफाइ दिएको हो ।  यातायातका तत्कालीन कार्यालय प्रमुखहरू नयराज नेपाल, तीर्थराज लम्साल, गोपाल थपलिया र भूपेन्द्र राईले सफाइ पाएका हुन् । उनीहरूमध्ये नेपाललाई एक करोड आठ लाख, लम्साललाई तीन करोड ३० लाख, थपलियालाई एक करोड ३० लाख र राईलाई ५६ लाख १२ हजार रुपैयाँ बिगो थियो । 

त्यस्तै, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल, अर्जुन भट्टराई, कृष्णप्रसाद कट्टेलले पनि सफाइ पाएका छन् । लेखा अधिकृत अधिकारीलाई एक करोड २५ लाख, लेखापाल सुरेश अधिकारीलाई तीन करोड ७२ लाख, लेखापाल दाहाललाई तीन करोड ४८ लाख, लेखापाल भट्टराईलाई दुई करोड १७ लाख र लेखापाल कट्टेलविरुद्ध ७३ लाख ६२ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो । 

२०७३ को चैतदेखि २०७४ को असारसम्मको राजस्व हिनामिना गरेको अख्तियारको दाबी थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू  तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिएको हो । करारका कम्प्युटर अपरेटरहरू सुजन राई, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुंगेल, दीपेन्द्र मण्डल, मैयाकुमार चापागाईं र रविन कुमार विश्वासले पनि सफाइ पाएका छन् । २५ जेठ २०७७ मा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । यस भ्रष्टाचारमा मुछिएका लेखापाल सुरेश अधिकारी यातायात कार्यालयकै अन्य भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् । 

ad
ad