१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २३ मंगलबार १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्तीका लागि रुस सरकारलाई ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार १७:३८:oo

रोजगारीका क्रममा रुस पुगेर त्यहाँको सेनामा भर्ना भएका नेपाली नागरिकको स्वदेश फिर्तीको पहल गर्न नेपालका लागि रुसी राजदूतको ध्यानाकर्षण गराइएको छ।

पीडित परिवार तथा नागरिकको जीवनरक्षाको लागि सचेतना अभियानले मंगलबार ज्ञापनपत्र बुझाउँदै नेपाली नागरिकको सकुशल घर फिर्ताको वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएको हो।

रुस–युक्रेन युद्धका कारण देखापरेको विश्वव्यापी संकट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा नेपालीले समेत भोगेकाे उल्लेख गर्दै अभियानले रुसी सेनामा भर्ना भएर सोझासाझा नेपालीले ज्यान गुमाएकाे जनाएको छ।

युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकले अनाहकमा मृत्युवरण गरेका भन्दै ज्ञापनपत्रमा भनिएको छ, ‘युद्धबन्दीको रूपमा नारकीय जीवन व्यतीत गर्न बाध्य नेपालीहरूको दर्दनाक अवस्थाप्रति संवेदनशील भई जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, सेनामा रहेको नेपाली नागरिकको सकुशल घर फिर्ताको लागि वातावरण निर्माण, रुसी फौजमा भर्ती हुनबाट नेपाली नागरिकलाई रोक्ने कार्यका लागि उचित पहलकदमी र उचित निर्णयका लागि रुसी राजदूतावासमार्फत रुसी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।’